भ्रष्टाचार निवारण गर्न चालेको कदम प्रदेश र स्थानीय तहमा विस्तार गरौँ : प्रधानमन्त्री दाहाल

भ्रष्टाचार निवारण गर्न चालेको कदम प्रदेश र स्थानीय तहमा विस्तार गरौँ : प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौं, भदौ ११ । प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभएर सिङ्गो देशको एजेण्डा भएकाले प्रदेश र स्थानीय तहले समेत सुशासन कायम गर्न अभियान चाल्नुपर्ने बताएका छन्।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५१औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुशासन कायम गर्ने कार्यभार सिङ्गो देशको भएको बताएका हुन्।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “सङ्घीय सरकारले प्रारम्भ गरेको भ्रष्टाचार निवारण र सुशासन स्थापित गर्न चालेको कदम प्रदेश र स्थानीय तहमा समेत विस्तारित गर्दै दण्ड र पुरस्कारको प्रणालीलाई स्थापित गर्न, राम्रो काम गर्नेहरूलाई प्रोत्साहित गर्न र आम जनसमुदायमा आशाको रक्तसञ्चार गर्न आवश्यक छ । कुण्ठा र निराशालाई चिरेर देशमा आशाको नयाँ परिस्थिति निर्माण गर्न सकिन्छ । यसतर्फ गम्भीर रूपले ध्यान दिनसमेत म विशेष अनुरोध गर्दछु ।”

Published Date: 28 August 2023
Website | + posts




ताजा
सुन र चाँदीको मूल्यमा भारी गिरावट, एकैदिन सुन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो
‘वाक ग्रिन, किप इट क्लिन’ नारासहित बोकाचो गढीमा मिस्टर एण्ड मिस मोडर्नको पदयात्रा
आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा पशु वधशाला तथा मासु जाँच ऐन लागू
फाइनल यात्राका लागि लुम्बिनी र सुदूरपश्चिमबीच महासंग्राम, पहिलो क्वालिफायरमा कसले मार्ला बाजी?


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
भक्तपुरमा लागूऔषधसहित दुई जना पक्राउ