प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका नेता हिक्मतकुमार कार्की

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका नेता हिक्मतकुमार कार्की : Icon Khabar

विराटनगर, पुष २४। नेकपा एमालेका नेता हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । झापा ५ को प्रदेश निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रदेशसभा सदस्य आइतबार साँझ प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन्। कार्कीले ६० जना सांसदको समर्थन लिएर मुख्यमन्त्री बनेका हुन्।

प्रदेशसभामा कुनै पनि दलको बहुमत नपुगेपछि २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार बनाउने समय सीमा आज ५ बजेसम्मको समय थियो । समय सीमाभित्रै कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। मुख्यमन्त्री कार्कीको सपथ भोलि मात्र हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 January 2023
Website | + posts