प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका नेता हिक्मतकुमार कार्की

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका नेता हिक्मतकुमार कार्की : Icon Khabar

विराटनगर, पुष २४। नेकपा एमालेका नेता हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । झापा ५ को प्रदेश निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रदेशसभा सदस्य आइतबार साँझ प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन्। कार्कीले ६० जना सांसदको समर्थन लिएर मुख्यमन्त्री बनेका हुन्।

प्रदेशसभामा कुनै पनि दलको बहुमत नपुगेपछि २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार बनाउने समय सीमा आज ५ बजेसम्मको समय थियो । समय सीमाभित्रै कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। मुख्यमन्त्री कार्कीको सपथ भोलि मात्र हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

Published Date: 08 January 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै