सनी देओल र शाहरुख खानबीच बोलचाल नभएको त्यो १६ बर्ष

सनी देओल र शाहरुख खानबीच बोलचाल नभएको त्यो १६ बर्ष : Icon Khabar

मुम्बई, भदौ ३ । बलिउड अभिनेता सनी देओल अहिले ‘गदर–२’ को सफलताका कारण चर्चामा रहेका छन् । अघिल्लो शुक्रवारदेखि प्रदर्शनमा आएको यो फिल्मलाई दर्शकले अत्यन्त मन पराएका छन् । फलस्वरुप, यसले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्ने क्रम जारी छ ।

यसैबीच, सनी देओल तथा शाहरुख खानबीचको सम्बन्धको बारेमा पनि अहिले चर्चा भइरहेको छ । एक समय थियो, जतिबेला सनीले शाहरुखसंग १६ वर्षसम्म बोलचाल नै गरेका थिएनन् । यो कुराले बलिउडमा ठूलो चर्चा पाएको थियो ।

सन् १९९३ मा रिलिज भएको फिल्म ‘डर’ अत्यधिक हिट भएको थियो । उक्त फिल्मको प्रमुख भूमिकामा सनी देओलसहित जूही चावला र शाहरुख खान पनि थिए । शाहरुख खानको फिल्ममा नेगेटिभ भूमिका रहेको थियो । ‘डर’ बलिउडको सदाबहार फिल्म बन्न सफल भयो र फिल्मका सबै गीतहरु लोकप्रिय भए ।

उक्त फिल्ममा शाहरुखले गरेको उत्कृष्ट अभिनयलाई आज पनि दर्शकले प्रशंसा गर्छन् ।

यद्यपि, यही फिल्मको छायांकनको क्रममै सनी र शाहरुखबीच कोल्ड वार प्रारम्भ भएको थियो । एउटा च्याट शोमा सनीले आफ्नो र शाहरुखको काम दर्शकले मन पराएको बताएका थिए ।

‘तर मलाई स्टोरी लाइन ब्रीफ नगरिएकोमा रिस उठेको थियो । निर्माताले भिलेनको भूमिकालाई चम्किलो बनाउँदैछन् भन्ने कुरा मलाई थाहा थिएन, सनीको भनाइ छ ।

सनीलाई आफूसंग निर्माताले धोका दिएको अनुभव भयो र त्यही कारण उनले शाहरुख खान र डरका निर्मातासंग १६ वर्षसम्म कुराकानी नै गरेनन् ।

Published Date: 20 August 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग