सनी देओल र शाहरुख खानबीच बोलचाल नभएको त्यो १६ बर्ष

सनी देओल र शाहरुख खानबीच बोलचाल नभएको त्यो १६ बर्ष : Icon Khabar

मुम्बई, भदौ ३ । बलिउड अभिनेता सनी देओल अहिले ‘गदर–२’ को सफलताका कारण चर्चामा रहेका छन् । अघिल्लो शुक्रवारदेखि प्रदर्शनमा आएको यो फिल्मलाई दर्शकले अत्यन्त मन पराएका छन् । फलस्वरुप, यसले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्ने क्रम जारी छ ।

यसैबीच, सनी देओल तथा शाहरुख खानबीचको सम्बन्धको बारेमा पनि अहिले चर्चा भइरहेको छ । एक समय थियो, जतिबेला सनीले शाहरुखसंग १६ वर्षसम्म बोलचाल नै गरेका थिएनन् । यो कुराले बलिउडमा ठूलो चर्चा पाएको थियो ।

सन् १९९३ मा रिलिज भएको फिल्म ‘डर’ अत्यधिक हिट भएको थियो । उक्त फिल्मको प्रमुख भूमिकामा सनी देओलसहित जूही चावला र शाहरुख खान पनि थिए । शाहरुख खानको फिल्ममा नेगेटिभ भूमिका रहेको थियो । ‘डर’ बलिउडको सदाबहार फिल्म बन्न सफल भयो र फिल्मका सबै गीतहरु लोकप्रिय भए ।

उक्त फिल्ममा शाहरुखले गरेको उत्कृष्ट अभिनयलाई आज पनि दर्शकले प्रशंसा गर्छन् ।

यद्यपि, यही फिल्मको छायांकनको क्रममै सनी र शाहरुखबीच कोल्ड वार प्रारम्भ भएको थियो । एउटा च्याट शोमा सनीले आफ्नो र शाहरुखको काम दर्शकले मन पराएको बताएका थिए ।

‘तर मलाई स्टोरी लाइन ब्रीफ नगरिएकोमा रिस उठेको थियो । निर्माताले भिलेनको भूमिकालाई चम्किलो बनाउँदैछन् भन्ने कुरा मलाई थाहा थिएन, सनीको भनाइ छ ।

सनीलाई आफूसंग निर्माताले धोका दिएको अनुभव भयो र त्यही कारण उनले शाहरुख खान र डरका निर्मातासंग १६ वर्षसम्म कुराकानी नै गरेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 August 2023
Website | + posts


ताजा
सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
लोकेश्वर साकोसमा आधारभूत बाँसुरी बाजा प्रशिक्षण शुभारम्भ
ललितपुरमा प्रजिअको आदेश अनुसार सभा, जुलुस, भेला, धर्ना गर्न निषेध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु