सिआइबीद्वारा ललिता निवास प्रकरणको छानबिन प्रतिवेदन आज बुझाउने तयारी

सिआइबीद्वारा ललिता निवास प्रकरणको छानबिन प्रतिवेदन आज बुझाउने तयारी : Icon Khabar

काठमाडौं, भदौ ३ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणको छानबिन प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ ।

यस घटनामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईको पनि संलग्नता रहेको आशंका भए पनि सिआइबीले उनीहरुको बयान नलिई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

सरकारी अभिलेखले सन् १९६४ मा ललिता निवास बालुवाटारमा ११४ रोपनी (५.८ हेक्टर) जमिन मुआब्जा दिएर अधिग्रहण गरेको देखाएको थियो । ललिता निवासमा २ सय ८४ रोपनी रहेको र त्यसबेला सबैलाई राष्ट्रियकरण गरिएको थियो । सो अवधिमा रुक्मा शमशेर राणालगायत विभिन्न व्यक्तिले जग्गा कब्जा गरेका थिए ।

Published Date: 20 August 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग