ब्याडमिन्टन एशिया क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ मा नेपाल फाईनलमा प्रवेश

ब्याडमिन्टन एशिया क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ मा नेपाल फाईनलमा प्रवेश : Icon Khabar

काठमाडौँ, भदौ २ । ब्याडमिन्टन एशियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको तत्वावधानमा ब्याडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ अन्तरगत यु–१५ मिक्स टिम इभेन्ट्समा नेपाल र श्रीलङ्का फाईनलमा प्रवेश गरेका छन् ।

हचोकस्थित एपिएफको कभर्डहलमा भएको खेलमा यु–१५ तर्फ बंगलादेश र नेपालविच भएको खेलमा नेपालले ३–२ को जित हात पार्दै फाईनलमा स्थान पक्का ग¥यो । पहिलो सेटमा बंगलादेशका मोस्तकिम होसेनले नेपालका सुविन श्रेष्ठलाई २१–७, २१–१० ले पराजित गरे ।

दाश्रो सेटमा नेपालकी रिहाना शेरचनले बंगलादेशकी अफिफा खान अरिनलाई २१–१६, २१–१५ ले पराजित गर्दै खेललाई १–१ को बराबरीमा ल्याईन् । यस्तै तेश्रो सेटमा मोस्तकिम होसेन र वाली उल्लाहको जोडीले सूर्य महर्जन र सुविन श्रेष्ठको जोडीलाई २१–११, २१–११ ले पराजित गर्दै खेललाई आफ्नो पक्षमा पार्दै बंगलादेशले २–१ को अवस्थामा पुर्यायो।

पुन नेपालका दिलाशा राना र रिहाना शेरचनको जोडीले अफिफा खान अरिन र तान्जिला महमुदको जोडीलाई २१–१६, २२–२० ले पराजित गर्दै खेललाई २–२ को बराबरीमा पु¥याए । अन्तिम तथा निर्णायक खेलमा नेपालका सुविन श्रेष्ठ र रिहाना शेरचनको जोडीले बंगलादेशका मोस्तकिम होसेन र तान्जिला महमुदको जोडीलाई २१–१५, २०–२२, २१–१३ ले पराजित गर्दै फाईनलमा स्थान बनाए । अव नेपालले उपाधीका लागि श्रीलङ्काको सामना गर्ने भएको छ । प्रतियोगिताको फाईनल भोली ९ बजे बाट सुरु हुने कार्यक्रम रहेको छ ।

अर्को खेलामा भुटान र श्रीलङ्काविच भएको खेलमा श्रीलङ्काले ३–० को जितका साथ फाईनल पक्का गरेका हुन् । श्रीलङ्काका केनेथ अरुग्गोडाले भुटानका पेमा तेन्जिनलाई २१–६, २१–७ ले, सिथुली रनसिंघेले याङ्गचेन डोलकरलाई २१–८, २१–८ ले र केनेथ अरुग्गोडा र सेनुथ सेथमिथा पेरेराले पेमा तेन्जिन र सोनाम फुन्छो छेतेनलाई २१–९, २१–११ ले पराजित गर्दै फाईन प्रवेश गरेका हुन् ।

च्याम्पियनसिपको दोश्रो दिन भएको खेलमा बंगलादेशले भुटानलाई ३–० ले पराजित गर्दै फाईनलमा स्थान बनाएको हो । बंगलादेशका एस.एस.एम. सिफात उल्लाहले भुटानका ङवाङ्ग रिग्सेल जर्मीलाई २१–१२, २१–७, सिनथिन खानोम प्रियुन्तीले कृती गुरुङ्गलाई २१–१८, २१–५ र राजोन मिया र एस.एस.एम. सिफात उल्लाहको जोडीले अभिक बालामपाकी र नवाङ्ग रिग्सेल जर्मी जोडीलाई २१–५, २१–१० ले पराजित गरेका हुन् ।

यस्तै श्रीलङ्काले पनि नेपाललाई ३–० ले नै पराजित गर्दै फाईनल प्रवेश गरेको हो । श्रीलङ्काका थिदासा वेरागोडाले नेपालका कविर के.सी.लाई २१–१७, १५–२१, २३–२१, रनिथमा लियानागेले रोजी राईलाई २१–५, २१–३ र हिरुका अलुथ पाटबेन्डिगे र थिदासा वेरागोडाको जोडीले कविर के.सी. र अभय महराको जोडीलाई २१–१८, २१–१७ ले पराजित गर्दै फाईनलमा स्थान पक्का गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 August 2023
Website | + posts