ट्वीटरले अब प्रयोगकर्तालाई ब्लक गर्न पाउने सुविधा हटाउने

ट्वीटरले अब प्रयोगकर्तालाई ब्लक गर्न पाउने सुविधा हटाउने : Icon Khabar

काठमाडौं, भदौ २ । ट्वीटरले अब प्रयोगकर्तालाई ब्लक गर्न पाउने सुविधा हटाउने भएको छ । हालै नाम परिवर्तन गरेर एक्स राखिएको यो सामाजिक सञ्जालका प्रमुख एलन मस्कले ब्लक फिचरको कुनै अर्थ नभएको बताएका छन् ।

उनले एक्सका प्रयोगकर्ता आफैं सचेत भइसकेका र ब्लकको सट्टा डिरेक्ट म्यासेजमार्फत त्यस्ता प्रयोगकर्तालाई सचेत बनाउन सक्ने बताएका छन् । तर कतिपय प्रयोगकर्ताले भने दुव्र्यवहारबाट बच्न यो नै उपयुक्त टुल रहेको बताएका छन् ।

एलन मस्कले गत वर्ष ट्वीटर खरिद गरेपछि यसमा धेरै परिवर्तन गरेका छन्, त्यसैको सिलसिलामा ब्लक फिचर हटाएका हुन् ।

हाल ट्वीटरमा कुनै युजरले अर्को एकाउण्टको पोस्ट हेर्न नचाहेमा, त्यसबाट कमेन्टहरु होस् भन्ने नचाहेमा ब्लक गर्छन् । ब्लक गरिएको एकाउण्टको पोस्ट आफ्नो टाइमलाइनमा देखिँदैन र आफ्नो पोस्ट पनि ब्लक गरिएको व्यक्तिले देख्न सक्दैन । ब्लक गरिएको एकाउण्टबाट डिरेक्ट म्यासेजहरु पनि आदान प्रदान हुन सक्दैन ।

ट्वीटरका पूर्व संस्थापक ज्याक डोर्सीले एलन मस्कको कदमलाई समर्थन गरेको आशय व्यक्त गरेका छन् । उनले त्यस्ता पोस्टलाई म्युट गर्ने विकल्प हुन सक्ने बताएका छन् ।

तर त्यसले मात्र सामाजिक सञ्जालमा हुने हैरानी, दुर्व्यवहार र आक्रमण रोक्न नसकिने कतिपयको मत छ । कुनै एकाउण्टलाई म्युट गरेर आफ्नोमा देख्न नसकिने बनाउन सकिन्छ, तर म्युट गरिएको एकाउण्टबाट पनि टाइमलाइन हेर्न र रिप्लाइ दिन सकिन्छ ।

एक प्रयोगकर्ताले एलन मस्कको निर्णय ठूलो गल्ती भएको टिप्पणी गरेका छन् । ब्लक अप्सन हटाउँदा एप्पल स्टोर र गुगल प्लेस्टोरका कतिपय नीतिको उल्लंघन हुने मतहरु पनि आइरहेका छन् ।

Published Date: 19 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी