ट्वीटरले अब प्रयोगकर्तालाई ब्लक गर्न पाउने सुविधा हटाउने

ट्वीटरले अब प्रयोगकर्तालाई ब्लक गर्न पाउने सुविधा हटाउने : Icon Khabar

काठमाडौं, भदौ २ । ट्वीटरले अब प्रयोगकर्तालाई ब्लक गर्न पाउने सुविधा हटाउने भएको छ । हालै नाम परिवर्तन गरेर एक्स राखिएको यो सामाजिक सञ्जालका प्रमुख एलन मस्कले ब्लक फिचरको कुनै अर्थ नभएको बताएका छन् ।

उनले एक्सका प्रयोगकर्ता आफैं सचेत भइसकेका र ब्लकको सट्टा डिरेक्ट म्यासेजमार्फत त्यस्ता प्रयोगकर्तालाई सचेत बनाउन सक्ने बताएका छन् । तर कतिपय प्रयोगकर्ताले भने दुव्र्यवहारबाट बच्न यो नै उपयुक्त टुल रहेको बताएका छन् ।

एलन मस्कले गत वर्ष ट्वीटर खरिद गरेपछि यसमा धेरै परिवर्तन गरेका छन्, त्यसैको सिलसिलामा ब्लक फिचर हटाएका हुन् ।

हाल ट्वीटरमा कुनै युजरले अर्को एकाउण्टको पोस्ट हेर्न नचाहेमा, त्यसबाट कमेन्टहरु होस् भन्ने नचाहेमा ब्लक गर्छन् । ब्लक गरिएको एकाउण्टको पोस्ट आफ्नो टाइमलाइनमा देखिँदैन र आफ्नो पोस्ट पनि ब्लक गरिएको व्यक्तिले देख्न सक्दैन । ब्लक गरिएको एकाउण्टबाट डिरेक्ट म्यासेजहरु पनि आदान प्रदान हुन सक्दैन ।

ट्वीटरका पूर्व संस्थापक ज्याक डोर्सीले एलन मस्कको कदमलाई समर्थन गरेको आशय व्यक्त गरेका छन् । उनले त्यस्ता पोस्टलाई म्युट गर्ने विकल्प हुन सक्ने बताएका छन् ।

तर त्यसले मात्र सामाजिक सञ्जालमा हुने हैरानी, दुर्व्यवहार र आक्रमण रोक्न नसकिने कतिपयको मत छ । कुनै एकाउण्टलाई म्युट गरेर आफ्नोमा देख्न नसकिने बनाउन सकिन्छ, तर म्युट गरिएको एकाउण्टबाट पनि टाइमलाइन हेर्न र रिप्लाइ दिन सकिन्छ ।

एक प्रयोगकर्ताले एलन मस्कको निर्णय ठूलो गल्ती भएको टिप्पणी गरेका छन् । ब्लक अप्सन हटाउँदा एप्पल स्टोर र गुगल प्लेस्टोरका कतिपय नीतिको उल्लंघन हुने मतहरु पनि आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 August 2023
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला