गत आर्थिक वर्षमा नेपालबाट विदेश पढ्न जाने विद्यार्थीहरुले विदेश लगे रू १ खर्ब

गत आर्थिक वर्षमा नेपालबाट विदेश पढ्न जाने विद्यार्थीहरुले विदेश लगे रू १ खर्ब : Icon Khabar

काठमाडौं, भदौ १ । नेपालबाट विदेश पढ्न जाने विद्यार्थीहरुले आर्थिक वर्ष ०७९/८० मा १ खर्ब रुपैयाँ लगेका छन् । सो आवमा शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो आव ०७८÷७९ मा पढ्नका लागि विदेश जानेहरुसँगै ६७ अर्ब ७० करोड रुपैयाँ विदेशिएको थियो । विदेश जाने नेपालीले लैजाने पैसा करीब ५० प्रतिशतले बढेको हो ।

यस आवमा पढ्न जानेहरुले मात्र ३३ अर्ब रुपैयाँ बढी विदेश लगेको नेपाल राष्ट्र बैंकको वार्षिक तथ्यांकमा उल्लेख छ । यस आवमा नेपालबाट भ्रमणमा जानेहरुले ४४ अर्ब रुपैयाँ विदेश लगेका छन् । अघिल्लो वर्ष भ्रमणमा जानेहरुले ३० अर्ब रुपैयाँ विदेशमा खर्च गरेका थिए ।

विदेशबाट नेपाल आउने पर्यटकले गर्ने खर्च भने मात्र ६१ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । यो आव अघिल्लो आवमा ३२ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो ।

सेवातर्फ नेपाल आउने भन्दा नेपालबाट बाहिरिने रकम ठूलो हुँदा नेपालको सेवा क्षेत्र ८३ अर्ब ८५ करोड रुपैयाँ घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो घाटा अघिल्लो आवको तुलनामा भने केही घटेको छ ।

Published Date: 18 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी