शुक्रबार सुनको मूल्य स्थिर, चाँदीको महंगियो

शुक्रबार सुनको मूल्य स्थिर, चाँदीको महंगियो : Icon Khabar

काठमाडौँ, भदौ १ । भदौको पहिलो दिन, सुनको भाउ स्थिर रहेको छ । शुक्रबार चाँदी भने महंगिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ४०० रुपैयाँमा कारोबार हुँदैछ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ८५० रुपैयाँ कायम रहेको छ ।

बिहीबार भने सुनको भाउ गिरावट भएको थियो । हिजो सुन तोलामा ८०० रुपैयाँले सस्तिएको थियो ।

शुक्रबार चाँदीको मूल्य भने वृद्धि भएको छ । यस दिन चाँदी तोलामा २० रुपैयाँले बढ्दा प्रतितोला एक हजार ३९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

अघिल्लो कारोबार दिन, चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको थियो । हिजो चाँदी प्रतितोला एक हजार ३७० रुपैयाँमा किनबेच भएको थियो ।

Published Date: 18 August 2023


ताजा
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?
आज बुधबारको राशिफल
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु