शुक्रबार सुनको मूल्य स्थिर, चाँदीको महंगियो

शुक्रबार सुनको मूल्य स्थिर, चाँदीको महंगियो : Icon Khabar

काठमाडौँ, भदौ १ । भदौको पहिलो दिन, सुनको भाउ स्थिर रहेको छ । शुक्रबार चाँदी भने महंगिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ४०० रुपैयाँमा कारोबार हुँदैछ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ८५० रुपैयाँ कायम रहेको छ ।

बिहीबार भने सुनको भाउ गिरावट भएको थियो । हिजो सुन तोलामा ८०० रुपैयाँले सस्तिएको थियो ।

शुक्रबार चाँदीको मूल्य भने वृद्धि भएको छ । यस दिन चाँदी तोलामा २० रुपैयाँले बढ्दा प्रतितोला एक हजार ३९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

अघिल्लो कारोबार दिन, चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको थियो । हिजो चाँदी प्रतितोला एक हजार ३७० रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 August 2023
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने