आगामी भाद्र २२ गतेदेखि भ्वाइस अफ वागीश्वरी सिजन ३ सुरु हुने

आगामी भाद्र २२ गतेदेखि भ्वाइस अफ वागीश्वरी सिजन ३ सुरु  हुने : Icon Khabar

भक्तपुर, साउन ३२ । वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज‌मेन्टको संयुक्त आयोजनामा यहि भाद्र २२ गते देखि भ्वाइस अफ वागीश्वरी सिजन ३ सुरु हुने भएको छ ।

प्रतियोगितामा वागीश्वरी माध्यमिक विद्यालयका कक्षा ९ देखि १२ सम्म, टेक्स् कार्यक्रम, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज्मेन्टमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले भाग लिन पाउने जनाइएको छ। प्रतियोगिताको अडिसन‌ भाद्र २२, शुक्रबारको दिन बिहान ११ बजे देखि हुनेछ भने यसका लागि साउन ३० गतेदेखि भदौ १२ गते सम्म नाम दर्ता गराउनुपर्ने जनाइएको छ।

सो गायन प्रतियोगितामा निर्णायक मण्डलमा काठमाडौँ विश्वविद्यालयका संगीत विभागका संयोजक तथा गायक राजकुमार मानन्धर, गायक तथा संगित संयोजनकर्ता गनु राज राई र गायिका सरिता प्रजापति रहने छन्।

साथै भ्वाइस अफ वागीश्वरी प्रथम २०७२ मा र दोस्रो २०७८ सालमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 August 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट