आगामी भाद्र २२ गतेदेखि भ्वाइस अफ वागीश्वरी सिजन ३ सुरु हुने

आगामी भाद्र २२ गतेदेखि भ्वाइस अफ वागीश्वरी सिजन ३ सुरु  हुने : Icon Khabar

भक्तपुर, साउन ३२ । वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज‌मेन्टको संयुक्त आयोजनामा यहि भाद्र २२ गते देखि भ्वाइस अफ वागीश्वरी सिजन ३ सुरु हुने भएको छ ।

प्रतियोगितामा वागीश्वरी माध्यमिक विद्यालयका कक्षा ९ देखि १२ सम्म, टेक्स् कार्यक्रम, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज्मेन्टमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले भाग लिन पाउने जनाइएको छ। प्रतियोगिताको अडिसन‌ भाद्र २२, शुक्रबारको दिन बिहान ११ बजे देखि हुनेछ भने यसका लागि साउन ३० गतेदेखि भदौ १२ गते सम्म नाम दर्ता गराउनुपर्ने जनाइएको छ।

सो गायन प्रतियोगितामा निर्णायक मण्डलमा काठमाडौँ विश्वविद्यालयका संगीत विभागका संयोजक तथा गायक राजकुमार मानन्धर, गायक तथा संगित संयोजनकर्ता गनु राज राई र गायिका सरिता प्रजापति रहने छन्।

साथै भ्वाइस अफ वागीश्वरी प्रथम २०७२ मा र दोस्रो २०७८ सालमा सम्पन्न भएको थियो ।

Published Date: 17 August 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर