प्रतिक्षित फिल्म ‘गणपति’ को ट्रेलर सार्वजनिक, भदौ १४ गते प्रदर्शनमा आउने

प्रतिक्षित फिल्म ‘गणपति’ को ट्रेलर सार्वजनिक, भदौ १४ गते प्रदर्शनमा आउने : Icon Khabar

काठमाडौं, साउन ३१ । प्रतिक्षित फिल्म ‘गणपति’ को ट्रेलर मंगलबार ओएसआर डिजिटलबाट रिलिज गरिएको छ । भदौ १४ गते प्रदर्शनमा आउने यो फिल्मका तीन मिनेट लामो ट्रेलरले दर्शकमाझ थप कौतुहलता जगाएको छ ।

सबिन अधिकारीको लेखन र निर्देशनमा बनेको फिल्मको ट्रेलरमा निसन्तान दम्पतिलाई भगवान गणेशजस्तो स्वरुपको पुत्र लाभ भएपछि आइपर्ने बिबिध परिस्थितिलाई प्रस्तुत गरिएको छ ।

कमेडी र सेन्टिमेन्ट भरपुर देखिने फिल्ममा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, स्व.जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमीरे, पुस्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु, कालु रानाका साथमा अथिति भूमिकामा अभिनेत्री बर्षा शिवाकोटीले अभिनय गरेकी छिन् । रोनाल्ड श्रेष्ठ क्रिएटिभ हेड रहेको फिल्मको ट्रेलरमा प्रमुख सबै कलाकारलाई समेटिएको छ ।

रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मण रिजाल,कार्यकारी निर्माता बिज्ञान केसी र अर्बिन्द्र गिरी र सहनिर्मातामा चर्चित फिल्म एडिटर बनिष शाह छन् । हरिबहादुर घलेले खिचेको फिल्मका गीतमा अनिश अधिकारी,शंकर अधिकारी घायल,देबेन्द्र बब्बु,बाबुल गिरी र सबिन अधिकारीको शब्द अनि अनिश अधिकारीको संगीत छ ।

बिपीन मल्लले सम्पादन गरेको फिल्मको कोरियोग्राफर कविराज गहतराज हुन् । तनहुँ जिल्लाको बिभिन्न स्थानमा खिचिएको फिल्मको बितरण श्रीराम बालाजी फिल्मस् र एफडिले गर्दैछ ।

Published Date: 16 August 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु