शिक्षा ऐन सच्याएर सदनमा पेश हुन्छ: प्रधानमन्त्री दाहाल

शिक्षा ऐन सच्याएर सदनमा पेश हुन्छ: प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौं, साउन २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदबाट शिक्षा ऐन पारित गर्ने क्रममा केही दोहोरोपन पाएपछि सच्याउन लागेको बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

उनले शिक्षा ऐन दोहोरोपन देखिएपछि मन्त्रिपरिषदमा यसलाई सच्याएर मात्रै संसदमा पेश गर्ने तयारी भइरहेको बताए । केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखापरेका चुनौती सामना गर्न सरकार लागिपरेको उनको भनाईछ।

प्रधानमन्त्री प्रचण्डले नयाँ सङ्कल्प र प्रतिबद्धतासहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा आफू रहेको भन्दै स्वास्थ्य, शिक्षा र जनतालाई सेवा प्रदान गर्ने कुरामा ध्यान केन्द्रित रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 August 2023
Website | + posts