दिल्लीसँग बराबरीमा रोकियो आर्मी

दिल्लीसँग बराबरीमा रोकियो आर्मी : Icon Khabar

काठमाडौं, साउन २४ । त्रिभुवन आर्मी फुटबल क्लबले भारतको प्रतिष्ठित डुरान्ड कपको पहिलो खेलमा दिल्ली फुटबल क्लबसँग बराबरी खेलेको छ । कोक्राझारको साई सेन्टर रङ्गशालामा बुधबार भएको खेलमा आर्मी दिल्लीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

बराबरीसँगै प्रतियोगिताको समूह ‘इ’ मा रहेको आर्मीले एक अङ्क बाँडेको छ । प्रतिस्पर्धात्मक खेलको ३९औँ मिनेटमा दिनेश हेन्जनको गोल गर्दै सुरुवाती अग्रता आर्मीले लिएको थियो ।

दिल्लीका लागि ८८औँ मिनेटमा गिरिकले गोल गर्दै टोलीलाई बराबरीमा ल्याएका थिए । आर्मीले दोस्रो खेल सोमबार चेन्नइ एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 August 2023
Website | + posts




ताजा
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि
मौसमको जानकारी लिएर मात्र ट्रेकिङ्ग जना आग्रह
सोमबार सुनको मूल्य प्रतितोला रू दुई हजारले घट्यो
रियल म्याड्रिडद्वारा बार्सिलोना २–१ ले पराजित


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने