दिल्लीसँग बराबरीमा रोकियो आर्मी

दिल्लीसँग बराबरीमा रोकियो आर्मी : Icon Khabar

काठमाडौं, साउन २४ । त्रिभुवन आर्मी फुटबल क्लबले भारतको प्रतिष्ठित डुरान्ड कपको पहिलो खेलमा दिल्ली फुटबल क्लबसँग बराबरी खेलेको छ । कोक्राझारको साई सेन्टर रङ्गशालामा बुधबार भएको खेलमा आर्मी दिल्लीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

बराबरीसँगै प्रतियोगिताको समूह ‘इ’ मा रहेको आर्मीले एक अङ्क बाँडेको छ । प्रतिस्पर्धात्मक खेलको ३९औँ मिनेटमा दिनेश हेन्जनको गोल गर्दै सुरुवाती अग्रता आर्मीले लिएको थियो ।

दिल्लीका लागि ८८औँ मिनेटमा गिरिकले गोल गर्दै टोलीलाई बराबरीमा ल्याएका थिए । आर्मीले दोस्रो खेल सोमबार चेन्नइ एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

Published Date: 09 August 2023




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न