सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालनको तयारी

सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालनको तयारी : Icon Khabar

काठमाडौं, साउन २४ । सरकारले आगामी असोजदेखि भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने गरी तयारी अघि बढाएको छ । असोज १ गतेदेखि नै सुरु गर्ने भनिए पनि वर्षाका कारण कतिपय काम गर्न नसकिएकाले केही दिनपछि सुरु हुनसक्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

सूर्यविनायक–रत्नपार्क द्रुतमार्गमा पहिले सडक विभागले काम गर्ने र त्यो सकिएपछि नै यातायात व्यवस्था विभाग तथा अरु निकायको काम हुने यातायात विभागका प्रवक्ता ईश्वरदत्त पनेरुले जानकारी दिए । सडक विभागले त्यसका लागि आवश्यक खण्ड सडक छुट्याएर ‘रोड मार्किङ’ गर्ने उनले बताए ।

पनेरुले भने , “सडकको काम सकिएपछि अरु निकायको काममा समय धेरै लाग्दैन ।”सडक विभागले गर्ने काम सकिएपछि अरु निकाय तयारी अवस्थामा रहेको उनले बताए । यातायात व्यवसायीले सवारी साधन उपलब्ध गराउन तयारी अवस्थामा रहेको र ट्राफिक प्रहरीले आफूले गर्ने काम गर्ने उनको भनाइ छ । उनले भने, “सबैभन्दा पहिले सडकको काम नै हुनुपर्यो , त्यो सकिएपछि बैठक राखेर कार्यान्वयन कहिलेदेखि गर्ने भनी निर्णय हुनेछ ।”

अहिलेको अवस्था हेर्दा असोज १ गतेदखि नै सुरु गर्ने सम्भावना कम रहेको प्रवक्ता पनेरुले जानकारी दिए । वर्षाको समय भएकाले सडक विभागले काम गर्न केही समस्या भएको छ । पार्किङका लागि अध्ययन पहिले नै भइसकेर बनाउन वर्षाका कारण नसकिएको उनले बताए ।असोज भित्रै गरिने भए पनि पहिले लक्ष्य लिइएकोभन्दा ८–१० दिन तलमाथि हुनसक्ने उनको भनाइ छ । कुन मितिबाट बस सुरु हुन्छ भन्ने कुरा सडक विभागको काममा निर्भर रहेको छ । यातायात व्यवस्था विभागले समन्वय, सहकार्य र नियमनकोे काम गर्ने उनको भनाइ छ ।द्रुतमार्गका लागि सडकको दुवैतर्फको लेन छुट्याइने गरी तयारी गरिएको उनले बताए ।

काठमाडौं उपत्यकामा अत्यधिक सवारी साधनको चापका कारण यात्रु सार्वजनिक यातायातमा समयमै गन्तव्यमा पुग्न कठिन भएपछि मन्त्रालय आफैंले द्रुत बस सेवा सञ्चालनको व्यवस्था गर्न लागेको जनाएको छ । पहिलो चरणमा भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म बस सञ्चालन गर्न लागिएको हो । आगामी दिनमा अन्य रुटमा पनि चलाउन सकिने विभागले जनाएको छ ।मन्त्रालयले राम्रो अवस्था र क्षमताका निजी कम्पनीका बस छनोट गरी दु्रत बस सेवा सुरु गर्न लागेको हो ।

तत्कालका लागि द्रुत बस सेवा सवारीसानधको चाप बढी हुने समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ । त्यसका लागि ४० सिटभन्दा माथिका करिब २५ बस सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 August 2023
Website | + posts




ताजा
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि
मौसमको जानकारी लिएर मात्र ट्रेकिङ्ग जना आग्रह


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने