किङ्स कपका लागि खेलाडी छनोट

किङ्स कपका लागि खेलाडी छनोट : Icon Khabar

काठमाडौं, साउन २४ । नेपाल टेनिस संघले बिली जिन किङ्स कपका लागि ४ महिला खेलाडी छनोट गरेको छ । सातदोबाटोमा भएको छनोट प्रतियोगिताबाट अभिलाषा विष्ट, माहिका राणा, सुनिरा थापा र रायना शाह छनोट भएको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् ।

रायनाबाहेक सबै खेलाडी १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । किङ्स कप अक्टोबर १६ देखि २१ तारिखसम्म बहराइनमा हुँदैछ ।

यो प्रतियोगितामा विगतमा नेपालको सहभागिता उमेरसमूहमा हुने गथ्र्यो । अब नेपालले सिनियरस्तरमा प्रतिस्पर्धा गर्न लागेको हो । अन्तर्राष्ट्रिय टेनिस महासंघले नेपाललाई क्लास ‘बी’ मा अपग्रेड गरेपछि नेपाललाई सिनियरस्तरमा प्रतिस्पर्धा गर्ने बाटो खुलेको सदस्य विष्टले जानकारी गराए । पहिले नेपाल क्लास ‘सी’ मा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 August 2023
Website | + posts




ताजा
मौसमको जानकारी लिएर मात्र ट्रेकिङ्ग जना आग्रह
सोमबार सुनको मूल्य प्रतितोला रू दुई हजारले घट्यो
रियल म्याड्रिडद्वारा बार्सिलोना २–१ ले पराजित
आमादब्लम हिमाल आरोण गर फर्किने क्रममा घाइते भएका आरोहिको मृत्यु


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने