खस्कियो नेपाल विद्युत् प्राधिकरणको नाफा

खस्कियो नेपाल विद्युत् प्राधिकरणको नाफा : Icon Khabar

काठमाडौ, साउन २४ । नेपाल विद्युत् प्राधिकरणको गत आर्थिक वर्षको खुद नाफा खस्किएको छ । गत आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ६७ करोड खुद नाफा कमाएको छ ।

प्राधिकरणको अपरिस्कृत वित्तीय विवरणअनुसार सो आर्थिक वर्षको नाफा अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा भने ७० करोड रुपैयाँ कम हो । २०७८/७९ मा कम्पनीले कुल १३ अर्ब ३७ करोड खुद नाफा कमाएको थियो ।

प्राधिकरणले गत आर्थिक वर्ष मुलुकभित्रै विद्युत् बिक्रीबाट कुल ८९ अर्ब ७८ करोड रुपैयाँ बराबर आम्दानी गरेको छ भने भारतलाई विद्युत् बिक्री गरी १० अर्ब ५९ करोड रुपैयाँ बराबर आम्दानी गरेको छ । आन्तरिक र वाहृय गरी विद्युत् बिक्रीबाट कम्पनीले १ खर्ब आम्दानी गरेको छ । कुल आम्दानी भने अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा १२ अर्ब बढी हो ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा ८८ अर्ब १३ करोड आम्दानी गरेको थियो । आम्दानी बढे पनि कम्पनीको कर्मचारी तथा अन्य खर्चहरु बढ्दा गत आर्थिक वर्षको नाफामा केही कमी आएको देखिन्छ ।

Published Date: 09 August 2023


ताजा
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न