अनलाइन यौन दुर्व्यवहारमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ

अनलाइन यौन दुर्व्यवहारमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ : Icon Khabar

काठमाडौं, साउन २४ । नेपाल प्रहरीले अनलाइन यौन दुर्व्यवहारमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

फेसबुक अकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट पठाएर सामाजिक सञ्जालका साथीहरूलाई अनलाइन अडियो र भिडियो कलमार्फत यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकको इन्द्रावती नगरपालिकाका समीर तामाङ र सुरेश तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ ।

पीडित युवतीलाई फेसबुकमा साथी बनाएर भिडियो कलमार्फत मानसिक तनाव दिने र अश्लिल तस्बिर हालेर पीडितको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा पक्राउ गरिएको सिआइबीका प्रवक्ता एसपी पशुपति कुमार राईले बताए ।

उनीहरु दुवैलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए । उनीहरुलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत प्रहरीले कारबाही अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 August 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने