अनलाइन यौन दुर्व्यवहारमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ

अनलाइन यौन दुर्व्यवहारमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ : Icon Khabar

काठमाडौं, साउन २४ । नेपाल प्रहरीले अनलाइन यौन दुर्व्यवहारमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

फेसबुक अकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट पठाएर सामाजिक सञ्जालका साथीहरूलाई अनलाइन अडियो र भिडियो कलमार्फत यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकको इन्द्रावती नगरपालिकाका समीर तामाङ र सुरेश तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ ।

पीडित युवतीलाई फेसबुकमा साथी बनाएर भिडियो कलमार्फत मानसिक तनाव दिने र अश्लिल तस्बिर हालेर पीडितको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा पक्राउ गरिएको सिआइबीका प्रवक्ता एसपी पशुपति कुमार राईले बताए ।

उनीहरु दुवैलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए । उनीहरुलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत प्रहरीले कारबाही अघि बढाएको छ ।

Published Date: 09 August 2023


ताजा
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न