रिलिज हुन नपाउदै विवादित बन्यो अक्षय कुमारको फिल्म ‘ओएमजी-२’

रिलिज हुन नपाउदै विवादित बन्यो अक्षय कुमारको फिल्म ‘ओएमजी-२’ : Icon Khabar

मुम्बई, साउन २३ । बलिउड अभिनेता अक्षय कुमारको नयाँ फिल्म ‘ओ माई गड–२ (ओएमजी)’ यही शुक्रवारदेखि प्रदर्शनमा आउँदैछ ।

ओएमजी २ को चर्चा विभिन्न कारणले भइरहेको छ । यसैबीच यो फिल्मलाई लिएर भारतका साधु–सन्तहरु आक्रोशित भएका छन् । उत्तर प्रदेशका साधु–सन्तले आफ्नो प्रदेशमा फिल्म ओएमजी २ को प्रदर्शनमा प्रतिवन्ध गर्ने घोषणा गरेका छन् । महांकाल मन्दिरका पुजारी तथा सन्तहरु पनि फिल्म ओएमजी २ लाई लिएर आक्रोशित भएका छन् ।

लखनउका फायर ब्राण्ड सन्त मानिने प्रसिद्ध मन्दिर कोतवालेश्वर महादेव मन्दिरका सन्त महन्त विशाल गौड भन्छन् – ‘बलिउडका निमार्ताले फिल्मबारे जति विवाद हुन्छ, त्यति नै फिल्म चल्छ भन्ने कुरा बुझेका छन् । त्यसैले जानि–जानि फिल्ममा देवी–देवताको खिल्ली उडाइएको छ, किन भने हिन्दुहरु शान्त रहन्छन् । फिल्म ओएमजी २ बाट सेन्सर बोर्डले विवादित सीन र संवाद हटाएन भने उत्तर प्रदेशभरी नै फिल्म रिलिज गर्न दिइने छैन ।’

महाकाल मन्दिरका पुजारीहरुले पनि फिल्म निर्मातालाई आधिकारिक सूचना पठाएका छन् । यसका साथै उक्त सूचना अक्षय कुमार ,चन्द्र प्रकाश द्विवेदी, फिल्मका निर्देशक अमित राय तथा सेन्सर बोर्डका अध्यक्षलाई समेत पठाएका छन् । सूचनामा फिल्मको अपमानजनक दृश्य हटाउन र माफी माग्नका लागि भनिएको छ ।

फिल्ममा भगवान शिवलाई गलत तरिकाले देखाइएको उनीहरुको आरोप छ । फिल्ममा भगवान शिवले पसलबाट कचौरी किन्दै गरेको देखाइएको छ, जसकारण श्रद्धालु आहत भएका छन् । फिल्ममा त्यस्ता प्रकारको दृष्य स्वीकार्य नभएको उनीहरुको गुनासो रहेको छ ।

फिल्मलाई सेन्सरले ए सर्टिफिकेट दिएको छ । फिल्ममा यौन शिक्षाजस्ता विषयवस्तु समावेश गरिएकाले १८ वर्षभन्दा कम उमेरका बालबालिकाले यो फिल्म हेर्न पाउने छैनन् ।

Published Date: 08 August 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग