रोल्पामा बस दुर्घटना: ४ जनाको मृत्यु, १८ जना घाइते

रोल्पामा बस दुर्घटना: ४ जनाको मृत्यु, १८ जना घाइते : Icon Khabar

रोल्पा, साउन २३ । रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए ।

सूचना अधिकरी भुसालका अनुसार मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका-२ बस्‍ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका-४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन गाउँपालिका-३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका छन् ।

यस्तै बस दुर्घटनामा घाइते भएकाहरूको उपचारका लागि दाङ पठाइएको सूचना अधिकरी भुसालले बताए ।

बस त्रिवेणी गाउँपालिका-७ तिला रिचि गाउँ भन्ने ठाउँमा दुर्घटना भएको थियो । सडकदेखि करिब १५० मिटर तल खसेको उक्त बसमा १९ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 August 2023
Website | + posts




ताजा
दशैंको घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकामा १७५ सवारीसाधन दुर्घटना, ९ जनाको मृत्यु
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित