आँखा पाक्ने रोग: डाक्टरको सल्लाह बिना जथाभावि आँखामा औषधि प्रयोग नगरौं

आँखा पाक्ने रोग: डाक्टरको सल्लाह बिना जथाभावि आँखामा औषधि प्रयोग नगरौं : Icon Khabar

काठमाडौँ, साउन २३ । पछिल्लो केही समयदेखि राजधानी काठमाडौंसहित नेपालका विभिन्न भूभागका अस्पतालहरुमा आँखा पाक्ने रोगको समस्या भएका विरामीको चाप बढ्न थालेको छ । अधिकांश आँखा अस्पतालहरुमा आँखा पाक्ने रोगको समस्या लिएर जाने बिरामीहरुको संख्या बढ्न थालेको छ ।

आँखा पाक्ने रोग सरुवा प्रकृतिको भएकाले यो छोटो समयमै एक व्यक्तिबाट अर्को व्यक्तिमा सरिरहेको छ । फलस्वरुप पछिल्लो केही दिनयता देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको हो । काठमाडौंस्थित तीलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताल लगायत देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको छ ।

तीलगंगा अस्पतालमा कार्यरत बाल आँखा रोग विशेषज्ञ डा.सृजना अधिकारीले आँखा पाक्ने समस्या लिएर अस्पतालमा आउने बिरामीको संख्या बढिरहेको बताउँदै भाइरल इन्फेक्सन र ब्याक्टेरीयाको कारणले आँखा पाक्ने समस्या देखिने गरेको बताइन् ।

धेरैजसो आँखा रातो हुने र चिप्रा आउने समस्या भएका बिरामीहरु अस्पताल आउने गरेको डा.अधिकारीको भनाइ छ । डा.अधिकारीले यो वर्ष विगतको वर्षहरुभन्दा धेरै नै बिरामीहरु देखिएको बताइन् । डा.अधिकारीका अनुसार यो समस्यालाई एउटा भाइरल इन्फेक्सन नै मानिएको छ । आँखा पाक्ने ब्याक्टेरियाको कारणले पनि यो समस्या हुन्छ ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा सूचना जारी गर्दै भाइरल कन्जक्टिभाइटिस संक्रमण हुँदा आत्तिनु नपर्ने जनाएको छ । यो रोग घरमै स्याहार गरे एकदेखि दुई हप्तामा आफैँ निको हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

आँखामा संक्रमण हुँदा घरमा नै स्याहार गर्न सकिन्छ । तर आँखाका विरामीलाई स्याहार गर्दा केहि कुरामा ध्यान दिनु आवश्यक छ । त्यसका लागि तल दिइएको निम्न कुरामा ध्यान दिनु पर्छ :

बरफले आँखा सेक्दा आँखा बन्द गरेर र सफा रुमालमा राखेर सेक्नु पर्छ ।
आँखा मिच्नु हुँदैन, आँखामा पानी पनि छ्याप्नु हुँदैन ।
आँखा छोइसकेपछि साबुन पानीले मिचिमिचि राम्रोसंग हात धुनु पर्छ ।
प्रशस्त मात्रामा पानी र पोषिलो खाना खानु पर्छ ।
बाहिर घाममा जाँदा कालो चश्माको प्रयोग गर्नु पर्छ । काम नपरी घर बाहिर ननिस्कनु राम्रो हुन्छ ।
संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना आदि हरेक दिन धुनु पर्छ ।
संक्रमित व्यक्तिले प्रयोग गरेको सामान अन्य व्यक्तिलाई प्रयोग गर्न दिनु हुँदैन ।
डाक्टरको सल्लाह बिना जथाभावि औषधि प्रयोग गर्नु हुँदैन ।
दृष्टि कम हुने लगायत आँखा सम्बन्धि समस्या बढेमा उपचारका लागि तुरुन्त डाक्टरलाई देखाउनु पर्छ ।

Published Date: 08 August 2023
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता