काठमाडौँ आए बलिउड गायक जावेद अल: तेरी झलक असर्फी, आज प्रस्तुति दिदै

काठमाडौँ आए बलिउड गायक जावेद अल: तेरी झलक असर्फी, आज प्रस्तुति दिदै : Icon Khabar

काठमाडौं, साउन १९ । सांगीतिक प्रस्तुतिका लागि चर्चित बलिउड गायक जावेद अली बिहीबार बेलुका काठमाडौं आइपुगेका छन् । उनले शुक्रबार सोल्टी होटलको प्रिभे क्लबमा कन्सर्ट गर्ने कार्यक्रम छ ।

नेपाल आउनेबित्तिकै आयोजकले उनलाई नेपाली ढाकाटोपी लगाइदिएर स्वागत गरेका थिए । आफ्नो पहिलो नेपाल भ्रमणमा उनले आफ्ना चिरपरिचित गीतहरु नेपाली फ्यानसमक्ष प्रस्तुत गर्ने तयारी गरेका छन् ।

गत बिहीबार एक भिडियो सन्देश जारी गर्दै गायक अलीले आफ्नो कन्सर्टमा प्रस्तुत दिन नेपाली प्रशंसकलाई अपील गरेका थिए ।

दक्षिण भारतीय फिल्म ‘पुष्पा’मा समावेश गीत ‘श्रीवाली’ उनको पछिल्लो हिट गीत हो । यसबाहेक ‘तेरी झलक असर्फी’, फिल्मम तुम मिलेको ‘तु ही हकिकत’, बजरंगी भाइजानको ‘तु जो मिला’, कजरा रे, गलत बात हे, गुजारिस, तुम मिले, अर्जिया, गले लग जा, आओ जाओ मेरी तमन्ना, दिवाना कर रहा हे लगायत दर्जनौं हिट गीत उनको नाममा छन् ।

अर्का चर्चित बलिउड गायक अरिजित सिंहको पनि आगामी नोभेम्बर २५ मा काठमाडौंमा कन्सर्ट हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 August 2023
Website | + posts