काठमाडौँ आए बलिउड गायक जावेद अल: तेरी झलक असर्फी, आज प्रस्तुति दिदै

काठमाडौँ आए बलिउड गायक जावेद अल: तेरी झलक असर्फी, आज प्रस्तुति दिदै : Icon Khabar

काठमाडौं, साउन १९ । सांगीतिक प्रस्तुतिका लागि चर्चित बलिउड गायक जावेद अली बिहीबार बेलुका काठमाडौं आइपुगेका छन् । उनले शुक्रबार सोल्टी होटलको प्रिभे क्लबमा कन्सर्ट गर्ने कार्यक्रम छ ।

नेपाल आउनेबित्तिकै आयोजकले उनलाई नेपाली ढाकाटोपी लगाइदिएर स्वागत गरेका थिए । आफ्नो पहिलो नेपाल भ्रमणमा उनले आफ्ना चिरपरिचित गीतहरु नेपाली फ्यानसमक्ष प्रस्तुत गर्ने तयारी गरेका छन् ।

गत बिहीबार एक भिडियो सन्देश जारी गर्दै गायक अलीले आफ्नो कन्सर्टमा प्रस्तुत दिन नेपाली प्रशंसकलाई अपील गरेका थिए ।

दक्षिण भारतीय फिल्म ‘पुष्पा’मा समावेश गीत ‘श्रीवाली’ उनको पछिल्लो हिट गीत हो । यसबाहेक ‘तेरी झलक असर्फी’, फिल्मम तुम मिलेको ‘तु ही हकिकत’, बजरंगी भाइजानको ‘तु जो मिला’, कजरा रे, गलत बात हे, गुजारिस, तुम मिले, अर्जिया, गले लग जा, आओ जाओ मेरी तमन्ना, दिवाना कर रहा हे लगायत दर्जनौं हिट गीत उनको नाममा छन् ।

अर्का चर्चित बलिउड गायक अरिजित सिंहको पनि आगामी नोभेम्बर २५ मा काठमाडौंमा कन्सर्ट हुँदैछ ।

Published Date: 04 August 2023


ताजा
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु