हामीले विद्युतीय सवारीसाधनमा जोड दिइरहेका छौ: मन्त्री ज्वाला

हामीले विद्युतीय सवारीसाधनमा जोड दिइरहेका छौ: मन्त्री ज्वाला : Icon Khabar

काठमाडौं, साउन १९ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विद्युतीय सवारीसाधन (इभी) तर्फ आफ्नो रोजाइ सार्न व्यवसायीलाई आग्रह गरेका छन् ।

बिहीबार ट्याक्सी व्यवसायीसँगको भेटमा मन्त्रीले जीवाश्म इन्धनबाट चल्ने सवारीसाधनको सट्टा ईभी चलाउन समयको माग रहेको बताए ।

मन्त्री ज्वालाले सरकारले विद्युतीय सवारी प्रवद्र्धनका लागि नयाँ कानूनको मस्यौदा बनाउने काम गरिरहेकोले उद्योगीलाई ईभीका लागि तयार रहन पनि आग्रह गरे । इम्बोस्ड नम्बर प्लेट नेपाली देवनागिरीमा हुनुपर्ने बताउँदै मन्त्री ज्वालाले उद्यमीले सोही ट्रयाकबाट यात्रा सुरु गर्नुपर्ने बताए ।

सो अवसरमा ज्वालाले ट्याक्सी व्यवसायीलाई अनलाइनमा जान र आफ्नो स्पष्ट पहिचानका लागि वर्दी प्रयोग गर्न आग्रह गरे।

Published Date: 04 August 2023


ताजा
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु