जङ्गली च्याउ खाँदा छोराको मृत्यु, आमा गम्भीर बिरामी

जङ्गली च्याउ खाँदा छोराको मृत्यु, आमा गम्भीर बिरामी : Icon Khabar

जाजरकोट, साउन १९ । जङ्गलबाट ल्याएको विषालु च्याउ खाँदा जाजरकोटमा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर बिरामी भएका छन् ।

हिजो (बिहीबार) बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा बारेकोट गाउँपालिका–४ का करे सार्कीका १८ वर्षका छोरा तुलबहादुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुनिल थापा नेपालीले जानकारी दिए । उनका अनुसार तुलबहादुरको हिजो दिउँसो साढे २ बजे ज्यान गएको हो ।

यस्तै तुलबहादुरकी आमा ५० वर्षकी डिली सार्की गम्भीर बिरामी परेकी छन् । उनको नलगाड नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य अस्पतालमा उपचार भइरहेको इन्स्पेक्टर नेपालीले बताए ।

Published Date: 04 August 2023






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न