शरीरका छुनु नहुने ६ अंग थाहा पाउनुहोस

शरीरका छुनु नहुने ६ अंग थाहा पाउनुहोस : Icon Khabar

काठमाडौँ, साउन १८ । हाम्रो शरीरका केही यस्ता अंग छन्, जसलाई छुनु हुँदैन, तर हामी छोइदिन्छौ । तर, के तपाईलाई थाहा छ, यी अंग छोएका कारण हाम्रो शरीरभित्र ब्याक्टेरिया छिर्ने र बिरामी बनाउँछ ? जान्नुहोस् ती अंगका बारेमा ।

मुख – मुखको माध्यमबाट सजिलै शरीरभित्र ब्याक्टेरिया पस्ने हुन्छ । त्यसैले, औलाहरुलाई बारम्बार मुख वा ओठमा लाने काम नगर्नुहोस् ।

काखी – काखीमा लगभग ८० हजार ब्याक्टेरियाको बास हुन्छ । त्यसैले गर्दा पसिना निस्किएपछि काखी गन्हाउने हुन्छ । अन्जानमा पनि आफ्नो दुर्गन्धित काखी नछुनुहोस् र हरेक दिन यसलाई सफा गर्नुहोस् ।

कान – कान चिलाउने बित्तिकै तपाईको औला कोट्याउन पुगिहाल्छ, तर के तपाईलाई थाहा छ, शरीरको सबैभन्दा फोहोरी अंग कान हो भन्न ? कानेगुजीका कारण कानमा ब्याक्टेरिया फैलिन थाल्छ । यदि कान चिलाएको बेला हातको औलाको सट्टा इयर बडको प्रयोग गर्नुपर्छ ।

नाक – नामको प्वालमा औँला लगाउनु हुन्न, किनकि नाकबाट श्वास लिँदा सिधै ब्याक्टेरिया शरीरभित्र पुग्छ । यदि तपाईको नाक कोट्याउने बानी छ भने त्यो अस्वस्थ्य बानी हो ।

नाइटो – हेर्दा सफा लाग्ने नाभि अर्थात् नाइटो खासमा सफा हुँदैन । नाइटोमा हजारौँ ब्याक्टेरिया लुकेर बसेको हुन्छ । त्यसैले नाइटोलाई हातले छुनबाट बच्नुहोसु र रोगबाट बच्नुहुन्छ ।

मलद्धार – त्यसो त बारम्बार छोइन अंग त होइन तर, तर हात पुगेमा ब्याक्टेरिया सर्ने हुन्छ । ब्याक्टेरियाको वास रहेको मलद्धार छुनबाट बच्नुहोस् ।

Published Date: 03 August 2023
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता