शरीरका छुनु नहुने ६ अंग थाहा पाउनुहोस

शरीरका छुनु नहुने ६ अंग थाहा पाउनुहोस : Icon Khabar

काठमाडौँ, साउन १८ । हाम्रो शरीरका केही यस्ता अंग छन्, जसलाई छुनु हुँदैन, तर हामी छोइदिन्छौ । तर, के तपाईलाई थाहा छ, यी अंग छोएका कारण हाम्रो शरीरभित्र ब्याक्टेरिया छिर्ने र बिरामी बनाउँछ ? जान्नुहोस् ती अंगका बारेमा ।

मुख – मुखको माध्यमबाट सजिलै शरीरभित्र ब्याक्टेरिया पस्ने हुन्छ । त्यसैले, औलाहरुलाई बारम्बार मुख वा ओठमा लाने काम नगर्नुहोस् ।

काखी – काखीमा लगभग ८० हजार ब्याक्टेरियाको बास हुन्छ । त्यसैले गर्दा पसिना निस्किएपछि काखी गन्हाउने हुन्छ । अन्जानमा पनि आफ्नो दुर्गन्धित काखी नछुनुहोस् र हरेक दिन यसलाई सफा गर्नुहोस् ।

कान – कान चिलाउने बित्तिकै तपाईको औला कोट्याउन पुगिहाल्छ, तर के तपाईलाई थाहा छ, शरीरको सबैभन्दा फोहोरी अंग कान हो भन्न ? कानेगुजीका कारण कानमा ब्याक्टेरिया फैलिन थाल्छ । यदि कान चिलाएको बेला हातको औलाको सट्टा इयर बडको प्रयोग गर्नुपर्छ ।

नाक – नामको प्वालमा औँला लगाउनु हुन्न, किनकि नाकबाट श्वास लिँदा सिधै ब्याक्टेरिया शरीरभित्र पुग्छ । यदि तपाईको नाक कोट्याउने बानी छ भने त्यो अस्वस्थ्य बानी हो ।

नाइटो – हेर्दा सफा लाग्ने नाभि अर्थात् नाइटो खासमा सफा हुँदैन । नाइटोमा हजारौँ ब्याक्टेरिया लुकेर बसेको हुन्छ । त्यसैले नाइटोलाई हातले छुनबाट बच्नुहोसु र रोगबाट बच्नुहुन्छ ।

मलद्धार – त्यसो त बारम्बार छोइन अंग त होइन तर, तर हात पुगेमा ब्याक्टेरिया सर्ने हुन्छ । ब्याक्टेरियाको वास रहेको मलद्धार छुनबाट बच्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 August 2023
Website | + posts


ताजा
सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
लोकेश्वर साकोसमा आधारभूत बाँसुरी बाजा प्रशिक्षण शुभारम्भ
ललितपुरमा प्रजिअको आदेश अनुसार सभा, जुलुस, भेला, धर्ना गर्न निषेध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु