भन्सार छलेर सामान भित्र्याउनेलाई कडा निगरानीमा राख्न अर्थमन्त्रीको निर्देशन

भन्सार छलेर सामान भित्र्याउनेलाई कडा निगरानीमा राख्न अर्थमन्त्रीको निर्देशन : Icon Khabar

काठमाडौं, साउन १८ । अर्थमन्त्री प्रकाशशरण महतले भन्सार छलेर सामान भित्र्याउनेलाई कडा निगरानीमा राख्न निर्देशन दिएका छन् । विरगंज भन्सार कार्यालय पर्साको अनुगमनका क्रममा उनले भन्सार कडाईमा गम्भीर भएर लाग्नु पर्ने बताएका हुन् ।

उनले भने – ‘भन्सार र सुरक्षा निकायको महत्वपूर्ण भूमिका छ । भन्सारभन्दा बाहिरबाट प्रवेश गर्ने सम्भावनालाई सुरक्षा निकाय गम्भीर भएर लाग्नु पर्छ ।’ मुलुकको लागि आर्थिक स्रोत जुटाउने दायित्व अर्थ मन्त्रालयको भएको भन्दै उनले त्यसमा सबैभन्दा ठुलो भूमिका भन्सार र राजस्वकै भएको जिकिर गरे ।

‘स्रोत जुटाउने जिम्मेवारी अर्थ मन्त्रालयको हो र त्यसमा ८० प्रतिशतभन्दा बढि हामीले भन्सार र राजस्वबाट उठाउनु पर्छ । समग्र राजस्वको ४८ प्रतिशत भन्सारको योगदान छ र भन्सारको योगदानको ४० प्रतिशत विरजंगको दुईवटा कार्यालय मार्फत प्राप्त हुन्छ,’ उनले भने -‘हामीले राजस्व प्राप्त गर्नको लागि सबैभन्दा ठूलो जिम्मेवारी दुईवटा कार्यालयलाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 August 2023
Website | + posts


ताजा
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
भारतको उत्तराखण्डमा धादिङका चारजना पनि सम्पर्कविहीन
साइलेन्ट हार्ट अट्याक किन हुन्छ?
भारतको उत्तराखण्डमा आएको बाढीमा परी जाजरकोटका १३ जनाभन्दा बढी सम्पर्कविहीन




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुर झौखेलको हरियाली: असारमा रोपाइँ सकेपछि देखिएको रमणीय दृश्य (फोटो फिचर)