चीनमा बालबालिकाले अबदेखि दैनिक अधिकतम दुई घण्टा मात्रै स्मार्टफोन चलाउन पाउने

चीनमा बालबालिकाले अबदेखि दैनिक अधिकतम दुई घण्टा मात्रै स्मार्टफोन चलाउन पाउने : Icon Khabar

काठमाडौं, साउन १८ । चीनले बालबालिकाका लागि स्मार्टफोन ‘स्क्रिन टाइम’ दैनिक अधिकतम दुई घण्टामा सीमित गर्ने भएको छ । अर्थात बालबालिकाले दिनमा अधिकतम २ घण्टामात्र मोबाइल चलाउन पाउने भएका छन् ।

चीनको साइबरस्पेस प्रशासन (सीएसी) ले यस सम्बन्धी नियमावलीको मस्यौदा तयार गरेको छ । मस्यौदामा सेप्टेम्बर २ तारिकसम्म सार्वजनिक प्रतिकृया तथा सुझाव दिन सकिने सीएसीले जानकारी गराएको रोयटर्समा उल्लेख छ ।नयाँ नियमावली अनुसार स्मार्ट फोन तथा उपकरण प्रदायकहरुले ‘माइनर मोड प्रोग्राम’ लागू गर्नुपर्नेछ ।

उक्त प्रोग्रामले १८ वर्ष मुनिका प्रयोगकर्ताहरुलाई राति १० बजेदेखि बिहान ६ बजेसम्म मोबाइल उपकरणहरूमार्फत इन्टरनेट पहुँचमा रोक्नुपर्ने सीएसीको भनाई छ । स्मार्ट फोन प्रदायकहरुले प्रस्तावित सुधारहरु अन्तर्गत बालबालिकाहरुको फोन प्रयोगमा समय सीमाहरु पनि सेट गर्नुपर्ने सीएसीले भनेको छ ।

सीएसीका अनुसार १६ देखि १८ वर्षका प्रयोगकर्ताहरुलाई दिनको २ घण्टा, ८ देखि १६ वर्षका बालबालिकालाई दैनिक १ घण्टा र ८ वर्ष मुनिका बालबालिकालाई दैनिक ८ मिनेटमात्र स्मार्टफोन प्रयोग गर्न अनुमति दिइनेछ ।

Published Date: 03 August 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग