चीनमा बालबालिकाले अबदेखि दैनिक अधिकतम दुई घण्टा मात्रै स्मार्टफोन चलाउन पाउने

चीनमा बालबालिकाले अबदेखि दैनिक अधिकतम दुई घण्टा मात्रै स्मार्टफोन चलाउन पाउने : Icon Khabar

काठमाडौं, साउन १८ । चीनले बालबालिकाका लागि स्मार्टफोन ‘स्क्रिन टाइम’ दैनिक अधिकतम दुई घण्टामा सीमित गर्ने भएको छ । अर्थात बालबालिकाले दिनमा अधिकतम २ घण्टामात्र मोबाइल चलाउन पाउने भएका छन् ।

चीनको साइबरस्पेस प्रशासन (सीएसी) ले यस सम्बन्धी नियमावलीको मस्यौदा तयार गरेको छ । मस्यौदामा सेप्टेम्बर २ तारिकसम्म सार्वजनिक प्रतिकृया तथा सुझाव दिन सकिने सीएसीले जानकारी गराएको रोयटर्समा उल्लेख छ ।नयाँ नियमावली अनुसार स्मार्ट फोन तथा उपकरण प्रदायकहरुले ‘माइनर मोड प्रोग्राम’ लागू गर्नुपर्नेछ ।

उक्त प्रोग्रामले १८ वर्ष मुनिका प्रयोगकर्ताहरुलाई राति १० बजेदेखि बिहान ६ बजेसम्म मोबाइल उपकरणहरूमार्फत इन्टरनेट पहुँचमा रोक्नुपर्ने सीएसीको भनाई छ । स्मार्ट फोन प्रदायकहरुले प्रस्तावित सुधारहरु अन्तर्गत बालबालिकाहरुको फोन प्रयोगमा समय सीमाहरु पनि सेट गर्नुपर्ने सीएसीले भनेको छ ।

सीएसीका अनुसार १६ देखि १८ वर्षका प्रयोगकर्ताहरुलाई दिनको २ घण्टा, ८ देखि १६ वर्षका बालबालिकालाई दैनिक १ घण्टा र ८ वर्ष मुनिका बालबालिकालाई दैनिक ८ मिनेटमात्र स्मार्टफोन प्रयोग गर्न अनुमति दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 August 2023
Website | + posts