इलाममा आजदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु

इलाममा आजदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु : Icon Khabar

इलाम, साउन १८ । जिल्ला प्रशासन कार्यालय इलामले आजदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । पहिलो चरणमा ५ सय जनालाई कार्ड वितरण गरिने छ ।

कार्यालयले पहिलो चरणमा परिचयपत्र पाउने व्यक्तिको नाम सार्वजनिक गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । ‘सम्बन्धित व्यक्ति परिचयपत्र लिन आउनुपर्छ,’ उनले भने । उनले परिचयपत्र भएका व्यक्तिको मोबाइलमा एसएमएस पनि आएको बताए ।

कार्यालयले १७ हजार ७९ जनाको परिचयपत्र प्राप्त गरेको प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 August 2023
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)