काठमाडौंको कमलादीमा सामसङले संचालनमा ल्यायो प्रिमियम सामसङ एक्स्पेरियन्स स्टोर

काठमाडौंको कमलादीमा सामसङले संचालनमा ल्यायो प्रिमियम सामसङ एक्स्पेरियन्स स्टोर : Icon Khabar

काठमाडौं, साउन १६ । सामसङले काठमाडौं कमलादीमा प्रिमियम एक्स्पेरियन्स स्टोरको शुभारम्भ गरेको छ । आज मंगलबार बाट संचालनमा आएको यस स्टोरको उद्घाटन सामसङको दक्षिण पश्चिम एशियाका अध्यक्ष एवं सिइओ श्री जोङ बुमपार्कले गरेका थिए ।

नेपालको लागि सामसङ मोबाइलफोनको आधिकारिक आयातकर्ता आइएमएस ग्रुपद्वारा कमलादीमा यो नयाँ प्रिमियम स्टोर संचालनमा ल्याइएको हो । यो प्रिमियम एक्स्पेरियन्स स्टोरमा सामसङका सम्पूर्ण इको सिस्टमलाई प्रदर्शित गरिने छ, जसले गर्दा उपभोक्ताहरुले आफूले खरीद गर्न चाहेको मोबाइलको बारेमा व्यापक विविधता प्राप्त गर्ने सुविधाले उनीहरुलाई खरीदको निर्णय गर्न सहज हुने जनाएको छ ।

स्टोरले ग्राहकहरुलाई उत्कृष्ट उपभोक्ता अनुभव दिलाउने र ग्राहकहरुले सामसङको सम्पूर्ण सिरिजका स्मार्टफोनहरु, त्यससँग आबद्ध इको्सिस्टम जस्तैः ग्यालेक्सी बड्स, र ग्यालेक्सी स्मार्ट वाचहरु, ट्याब्लेटहरु, सामसङ मोनिटरहरु, सामसङ उपकरणहरु र सामसङ टेलिभिजनहरु समेत हेर्न र त्यसको अनुभव लिन सक्ने जनाएका छन् । स्टोरमा ग्राहकहरुले सामसङका उत्पादनहरुलाई सविस्तार महसुस गर्न सक्नेछन् र आफ्नो रोजाई अनुसारको सामानहरु सजिलै खरीदगर्न सक्नेछन् ।

स्टोरमा गेमिङमा अभिरुची राख्ने आजका युवाहरुलाई लक्षित गरेर प्रिमियम सामसङ मोनिटरहरु राखिएको एउटा बेग्लै गेमिङ जोनको पनि व्यवस्था गरिएको छ ।

स्टोर संचालकका अनुसार स्टोरमा आउने ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्सबाट पनि लाभ लिन सक्नेछन् । सामसङ इन्स्टा फाइनान्स एक झन्झट रहित, मासिक किस्तामा शुन्य प्रतिशत ब्याजदर भएको तत्काल फाइनान्सिङ्ग सुविधा हो । यसले ग्राहकहरुलाई सहजकर्जा सुविधा प्रदान गर्दछ, जसले गर्दा ग्राहकहरुले सजिलोसँग सामसङको सामानहरु खरीद गर्न वा न्यूनतम मुल्यमा आफ्नोरोजाइको स्मार्ट फोनमा अपग्रेड गर्न सक्ने बताए ।

यस प्रिमियम सामसङ एक्स्पेरियन्स स्टोरले ग्राहकहरुलाई प्रिमियम अनुभव दिलाउने पूरा विश्वास रहेको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 August 2023
Website | + posts