एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा हेमन्तलाई तीन कांस्य पदक

एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा हेमन्तलाई तीन कांस्य पदक : Icon Khabar

काठमाडौं, साउन १६  । नेपालका हेमन्त पालले एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा मंगलबार ३ कांस्य पदक जितेका छन् । ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामै हेमन्तले पुरुष ७३ केजी तौलसमूहमा ३ कांस्य पदक जित्न सफल भएका हुन् ।

हेमन्तले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी ३ कांस्य पदक जितेको टिम व्यवस्थापक रामसुन्दर श्रेष्ठले जनाएका छन् । भारतको नोयदामा जारी प्रतियोगितामा हेमन्तले स्न्याचमा ९७ केजी, क्लिन एन्ड जर्कमा ११० केजी गरी जम्मा २०७ केजी भार वहन गरे ।

हेमन्तको स्पर्धामा ५ राष्ट्रका ६ खेलाडी सहभागी थिए । उज्वेकिस्तानका २ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । थाइल्यान्डले स्वर्ण तथा उज्वेकिस्तानले रजत जिते ।

प्रतियोगितामा नेपालबाट २ खेलाडी सहभागी छन् । पुरुष ९६ केजीमा सञ्जय यादवले बुधबार प्रतिस्पर्धा गर्ने छन् । सञ्जयको पनि यो ‘डुब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

Published Date: 01 August 2023






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न