शेयर लगानीकर्ताका लागि सीडीएससीको सेन्ट्रल केवाइसी शुरु

शेयर लगानीकर्ताका लागि सीडीएससीको सेन्ट्रल केवाइसी शुरु : Icon Khabar

काठमाडौं, साउन १६ । नेपाल राष्ट्र बैंकले केन्द्रीय ग्राहक पहिचान ‘सेन्ट्रलाइज केवाईसी’ प्रणालीमा राष्ट्रिय परिचयपत्रलाई पनि जोड्ने भएको छ । चालू आर्थिक वर्ष २०८०/८१ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै केवाइसी प्रणालीमा राष्ट्रिय परिचयपत्रलाई जोड्ने घोषणा राष्ट्र बैंकले गरेकाे हाे ।

बैंक तथा वित्तीय संस्था तथा अन्य भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाहरूबीच ग्राहकको सूचना आदानप्रदान गर्ने कार्यलाई सहज बनाउन लागू गरिएको यो प्रणालीमा राष्ट्रिय परिचयपत्र समेतलाई आबद्ध गर्ने केन्द्रीय बैंकको योजना रहेको छ । सोही अनुरूप केन्द्रीय ग्राहक पहिचान प्रणालीको निर्माण तथा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने पनि बैंकले जनाएको छ ।

अहिले सेन्ट्रलाइज केवाइसी नहुँदा हरेक नयाँ बैंक तथा वित्तीय संस्थामा आबद्ध हुन भिन्दा भिन्दै केवाइसी भर्नुपर्ने बाध्यता रहेको छ। ‘सेन्ट्रलाइज केवाइसीले यस्तो बाध्यता अन्त्य गर्नेछ । एकपटक केवाइसी भरिसकेपछि प्रणाली भित्रको अन्य कुनै पनि बैंकमा आबद्ध भए पनि पटक पटक भर्नुपर्ने बाध्यता रहन्न ।’–नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने । राष्ट्र बैंकले सञ्चालन सेन्ट्रलाइज केवाइसी राष्ट्रिय परिचय पत्रसँग आबद्ध भयो भने यसले बृहत पक्षलाई समेट्ने उनले बताए । ‘राष्ट्रिय परिचय पत्रले सबैतिरको सूचना संकलन गर्ने हुँदा यसले बृहत पक्षलाई समेट्ने हुँदा यो सजिलो हुन्छ भन्ने हो । अहिले प्रारम्भिक तहमा मात्रै रहेको हुँदा यही हो भनेर भन्ने अवस्था भने छैन।’ प्रवक्ता भट्टले भने ।

यसअघि पुँजी बजारका लगानीकर्तालाई लक्षित गरेर सिडिएस एन्ड क्लियरिङ लिमिटेडले पनि सेन्ट्रल केवाइसी सेवा शुरु गरेको छ । सीडीएसले धितोपत्र बोर्डले स्वीकृत गरेको एकीकृत केवाईसी सम्बन्धी कार्यविधि अनुसार यो सेवा शुरु गरेको हो । सीडीएससीले सेन्ट्रल केवाइसी सञ्चालन गर्नको लागि ब्रोकर नम्बर ३४ को भिजन सेक्युरिटीसँग सम्झौता समेत गरिसकेको छ । सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले कम्पनीले ल्याएको केवाइसीले पुँजी बजारलाई मात्रै समेट्ने बताउँदै यो धितोपत्र बोर्डले स्वीकृत गरेको कार्यविधि अनुसार भएको बताए । सीडीएससीले पुँजी बजारमा आबद्ध हुन आएका नयाँ लगानीकर्ताहरुबाट सेन्ट्रल केवाइसी विस्तारै लागू गर्दै पुराना लगानीकर्तामा पनि विस्तार गर्ने योजना रहेको सीडीएससीका प्रवक्ता न्यौपानेले बताए । ‘सेन्ट्रल केवाइसीमा एक पटक रजिष्टर गरिसकेपछि पटक पटक पुँजी बजारका अन्य निकायहरुमा जाँदा फेरि केवाइसी फर्म भर्नुपर्ने झन्झटबाट मुक्त हुन पाइन्छ ।’–उनले भने ।

पुँजी बजारका लगानीकर्ताहरुको लागि सीडीएससीले ल्याएको सेन्ट्रल केवाइसी र नेपाल राष्ट्र बैकले ल्याएको सेन्ट्रल केवाइसीलाई कसरी समन्वय गरेर अगाडि बढ्ने भन्ने सम्बन्धमा कुनै पनि संम्वाद अहिलेसम्म नभएको प्रवक्ता न्यौपानेले बताए । ‘सीडीएससीको सेन्ट्रल केवाइसीलाई सेबोनको निर्देशिकाले निर्देशित गरेको छ । राष्ट्र बैंकको सेन्ट्रल केवाइसीसँग कसरी समन्वय हुन्छ, त्यो भने हेर्न बाँकी नै छ ।’–उनले भने ।

राष्ट्रिय परिचयपत्रमा बृहत सूचना संकलित हुने हुँदा भविष्यमा राष्ट्र बैंककै केवाइसीसँग समन्वय गरेर अघि बढ्ने अवस्था देखिएको छ । केवाइसी भनेको कुनै पनि सेवा लिँदा भर्नैपर्ने फर्म हो । बहु संस्थामा जाँदा एउटै सूचना पटक पटक भर्नु नपरोस् भनेर सहजीकरण मात्रै गरिएको हो । दुइवटा नियामकले केवाइसी छुट्टाछुट्टै शुरु गरे पनि अन्तिममा राष्ट्रिय परिचय पत्र अनुसार एकीकृत हुँदा सजिलो हुने देखिन्छ । सीडीएससीको केवाइसीमा पनि राष्ट्रिय परिचय पत्र आबद्ध गर्न कठिनाई भने नहुने सीडीएससीका एक अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 August 2023
Website | + posts




ताजा
आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने
शिक्षा मन्त्रालयको काम अब सिंहदरबारबाटै हुने
बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने