भक्तपुर र सिन्धुपाल्चोकमा भारी वर्षा, मेलम्चीको तटीय क्षेत्रमा सतर्क रहन आग्रह

भक्तपुर र सिन्धुपाल्चोकमा भारी वर्षा, मेलम्चीको तटीय क्षेत्रमा सतर्क रहन आग्रह : Icon Khabar

काठमाडौं, साउन १६ । नेपालमा अहिले मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

सिन्धुपाल्चोक, भक्तपुर र आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको छ । सिन्धुपाल्चोकको धापस्थित वर्षामापन केन्द्रमा भारी वर्षामापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

मेलम्ची र इन्द्रावती नदीमा बहाव बढ्ने सम्भावना भएकोले मेलम्ची बजारलगायत तल्लो तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ । भक्तपुरको नगरकोट वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने स–साना खोलाहरूमा बहाव बढ्न सक्ने तथा कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Published Date: 01 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी