कर्णाली प्रदेशसभाको नियमावली संशोधन गर्न समिति गठन

कर्णाली प्रदेशसभाको नियमावली संशोधन गर्न समिति गठन : Icon Khabar

वीरेन्द्रनगर, साउन १५ । कर्णाली प्रदेशसभाको नियमावली संशोधन गर्न समिति गठन गरिएको छ ।

आइतबार बसेको प्रदेशसभा बैठकमा सांसद हिक्मतबहादुर विष्टले संशोधन समितिको प्रस्ताव पेस गरेका हुन् । नेपाली कांग्रेसकी सचेतक अमृता शाहीले प्रस्ताव गरेको समितिलाई नेकपा एमालेका सांसद टेकराज पछाईले समर्थन गरेका छन् ।

प्रदेशसभाको नियमावलीमा समय समयमा संशोधन गर्नुपर्ने भएकाले समिति गठन गरिएको हो । समितिले तीन महिनाभित्र आफ्नो जिम्मेवारी पूरा गर्नेछ। नियम २३६ अनुसार उपनियम ३ बमोजिम गठित समितिमा कल्याणी खड्का, टेकराज पचाई, देवेन्द्रबहादुर शाही, पूर्णबहादुर खत्री, महेन्द्र केसी, रणसिंह परियार, विनोदकुमार शाह, सन्तोषी शाही र हिक्मतबहादुर विष्ट रहेका छन् ।

प्रदेश सभाका सभामुख नन्द गुरुङले प्रस्तुत प्रस्तावलाई प्रदेश सभाको बहुमत सदस्यले स्वीकृत गरेको घोषणा गरेकी छन् ।

Published Date: 31 July 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी