कर्णाली प्रदेशसभाको नियमावली संशोधन गर्न समिति गठन

कर्णाली प्रदेशसभाको नियमावली संशोधन गर्न समिति गठन : Icon Khabar

वीरेन्द्रनगर, साउन १५ । कर्णाली प्रदेशसभाको नियमावली संशोधन गर्न समिति गठन गरिएको छ ।

आइतबार बसेको प्रदेशसभा बैठकमा सांसद हिक्मतबहादुर विष्टले संशोधन समितिको प्रस्ताव पेस गरेका हुन् । नेपाली कांग्रेसकी सचेतक अमृता शाहीले प्रस्ताव गरेको समितिलाई नेकपा एमालेका सांसद टेकराज पछाईले समर्थन गरेका छन् ।

प्रदेशसभाको नियमावलीमा समय समयमा संशोधन गर्नुपर्ने भएकाले समिति गठन गरिएको हो । समितिले तीन महिनाभित्र आफ्नो जिम्मेवारी पूरा गर्नेछ। नियम २३६ अनुसार उपनियम ३ बमोजिम गठित समितिमा कल्याणी खड्का, टेकराज पचाई, देवेन्द्रबहादुर शाही, पूर्णबहादुर खत्री, महेन्द्र केसी, रणसिंह परियार, विनोदकुमार शाह, सन्तोषी शाही र हिक्मतबहादुर विष्ट रहेका छन् ।

प्रदेश सभाका सभामुख नन्द गुरुङले प्रस्तुत प्रस्तावलाई प्रदेश सभाको बहुमत सदस्यले स्वीकृत गरेको घोषणा गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 July 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने