सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि टिभीको खरिदमा ३ वर्षको पूर्ण वारेन्टी प्रदान गर्दै

सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि टिभीको खरिदमा ३ वर्षको पूर्ण वारेन्टी प्रदान गर्दै : Icon Khabar

काठमाडौँ, साउन १५ । नेपालकै सबैभन्दा लोकप्रिय उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आफ्ना ग्राहकहरूका लागि उत्कृष्ट गुणस्तरका उत्पादनहरू ल्याउने आफ्नो निरन्तर प्रयासद्वारा ग्लोबल नम्बर १ टिभी ब्रान्डको रूपमा आफ्नो स्थान लगातार १७ वर्षदेखि कायम राखेको छ।

यो वर्ष सामसङ नेपालले सामसङ टिभीहरूमा ३ वर्षसम्मको पूर्ण वारेन्टी दिने अफर ल्याएको छ। यो वारेन्टी यस वर्षको अन्त्य अघि सामसङको आधिकारिक आउटलेटहरूबाट खरिद गरिएको सामसङ टि, ए, बि र सी–सिरिज टिभी सेटहरूमा लागु हुनेछ।

सामसङ नेपालको उपभोक्ता इलेक्ट्रोनिक्सका महाप्रबन्धक, श्री आलोक कुमार गुप्ताले भने, “यस अफर मार्फत हाम्रा ग्राहकहरूलाई हामीले पूर्ण सन्तुष्टिको साथ गुणस्तरीय स्क्रिन टाइमको आनन्द लिने अवसर प्रदान गर्न पाउँदा हामीलाई पनि ठुलो आनन्द मिलेको छ। यो ३ वर्षको वारेन्टी अफरले सबै सामसङ टिभी ग्राहकहरूलाई चिन्ता–मुक्त आश्वासन प्रदान गर्ने छ र यो अफर सकेसम्म धेरै उपभोक्ताहरूलाई प्रदान गर्न पाउने आशा गर्दछौँ।”

यो अफर क्युएलईदि, फ्रेम, युएचदि,एफएचदि टिभी जस्ता धेरै सामसङ टिभीको रेन्जहरूमा लागु हुनेछ। यो वारेन्टीअफर २०२३ अगष्ट १देखि ३२” देखि ८५” का सामसङ टिभीको उपलब्ध रेन्जहरू अन्तर्गत खरिद गरिएका टिभीहरूका लागि मान्य हुनेछ र डिसेम्बर ३१, २०२३मा सो अफर समाप्त हुनेछ।

यो नयाँ वारेन्टी अफर मार्फत ग्राहकले बजारमा उपलब्ध गुणस्तरीय सामसङ टिभी सेटमा चिन्तामुक्त, गुणस्तरीय स्क्रिन टाइमको मजा लिन सक्नेछन् भनेर सामसङको विश्वास छ। यो अफर नेपालका लागि सामसङ टिभीहरूको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि अन्तर्गत डिलर नेटवर्कबाट खरिद गरिएका र माथिउल्लिखित टि, ए, बि र सी सिरिजका टिभीहरूमा मात्र लागू हुनेछ।

यस ३ वर्षको वारेन्टी अफरमा रिमोटहरू भने समावेश गरिएको छैन।रिमोट कन्ट्रोलहरूमा भने एक वर्षको वारेन्टी प्रदान गरिएको छ।

सामसङ इलेक्ट्रोनिक्स क. लि.को बारेमा
सामसङले परिवर्तनकारी सोचहरू र प्रविधिहरूका साथ भविष्यलाई आकार दिन्छ अनिविश्वलाई प्रेरित गर्दछ । कम्पनीले टिभी, स्मार्टफोन, पहिरनयोग्य डिभाइस, ट्याब्लेट, डिजिटल उपकरण, नेटवर्क प्रणाली र मेमोरी, सिस्टम एलएसआइ, फाउण्ड्री र एलइडिको संसारलाई पुनः परिभाषित गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 July 2023
Website | + posts