तातोपानी खासा नाका असोजदेखि सर्वसाधारणका लागि खुला हुने

तातोपानी खासा नाका असोजदेखि सर्वसाधारणका लागि खुला हुने : Icon Khabar

काठमाडौं, साउन १५ । नेपाल र चीनबीचको तातोपानी नाका असोजदेखि सर्वसाधारणका लागि पनि खुला गरिने भएको छ ।

हालै सम्पन्न नेपाल-तीब्बत व्यापार सहजीकरण समितिको ११औं बैठकमा तातोपानी नाकाबाट नेपाली नागरिकलाई पनि आवतजावत गर्ने दिने सहमति भएको हो ।

सन् २०२३ भित्रै ल्हासादेखि काठमाडौंसम्म सिधा उडान गर्ने विषयमा पनि सहमति भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले कान्तिपुर समाचारलाई जानकारी दिए ।

कोरोना महामारीपछि ल्हासा-काठमाडौं सिधा उडान नहुँदा नेपाली व्यवसायीले सम्मस्या झलेका थिए । चिनियाँ पर्यटकको कमी आएको थियो । त्यस्तै द्विपक्षीय बैठकमा नाकामा पूर्वाधार निर्माण, अन्तरदेशीय विशेष आर्थिक क्षेत्र सेज तथा सुक्खा बन्दरगाह निर्माण गर्न चीनले सहयोग गर्ने वचन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 July 2023
Website | + posts


ताजा
सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
लोकेश्वर साकोसमा आधारभूत बाँसुरी बाजा प्रशिक्षण शुभारम्भ
ललितपुरमा प्रजिअको आदेश अनुसार सभा, जुलुस, भेला, धर्ना गर्न निषेध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु