तातोपानी खासा नाका असोजदेखि सर्वसाधारणका लागि खुला हुने

तातोपानी खासा नाका असोजदेखि सर्वसाधारणका लागि खुला हुने : Icon Khabar

काठमाडौं, साउन १५ । नेपाल र चीनबीचको तातोपानी नाका असोजदेखि सर्वसाधारणका लागि पनि खुला गरिने भएको छ ।

हालै सम्पन्न नेपाल-तीब्बत व्यापार सहजीकरण समितिको ११औं बैठकमा तातोपानी नाकाबाट नेपाली नागरिकलाई पनि आवतजावत गर्ने दिने सहमति भएको हो ।

सन् २०२३ भित्रै ल्हासादेखि काठमाडौंसम्म सिधा उडान गर्ने विषयमा पनि सहमति भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले कान्तिपुर समाचारलाई जानकारी दिए ।

कोरोना महामारीपछि ल्हासा-काठमाडौं सिधा उडान नहुँदा नेपाली व्यवसायीले सम्मस्या झलेका थिए । चिनियाँ पर्यटकको कमी आएको थियो । त्यस्तै द्विपक्षीय बैठकमा नाकामा पूर्वाधार निर्माण, अन्तरदेशीय विशेष आर्थिक क्षेत्र सेज तथा सुक्खा बन्दरगाह निर्माण गर्न चीनले सहयोग गर्ने वचन दिएको छ ।

Published Date: 31 July 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी