जर्मनीको लुभ्समा तीन खेलाडीले मिक्स मार्सल आर्ट्स खेल्ने

जर्मनीको लुभ्समा तीन खेलाडीले मिक्स मार्सल आर्ट्स खेल्ने : Icon Khabar

काठमाडौं, साउन १४ । जर्मनीको लुभ्समा हुने मिक्स मार्सल आर्ट्स च्याम्पियनसिपमा ३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतीक श्रेष्ठ, इमान महर्जन र एन्जस डंगोलले प्रतिस्पर्धा गर्ने कीर्तिपुर मार्सल आर्ट्स अरगनाइजेसनले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुनुअघि खेलाडीले लुभ्समै अगष्ट ४ देखि १२ तारिखसम्म हुने सेमिनारमा भाग लिने छन् । सेमिनारपछि प्रतियोगिता हुनेछ ।

प्रशिक्षकमा राजीव महर्जन तथा अफिसियलमा रजनी डंगोल रहेका छन् । टोली मंगलबार जर्मनी प्रस्थान गर्ने छ ।

Published Date: 30 July 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु