डाटा सेन्टर स्थापना गर्ने धितोपत्र बोर्डको घोषणा

डाटा सेन्टर स्थापना गर्ने धितोपत्र बोर्डको घोषणा : Icon Khabar

काठमाडौं, साउन १४  । नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत आफ्नै डाटा सेन्टर स्थापना गर्ने घोषणा गरेको छ।

बोर्डले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी तथ्यांक र जानकारीहरूको समुचित अभिलेख व्यवस्थापन गर्न आफ्नै डाटा सेन्टर स्थापना गर्ने घोषणा गरेको हो ।

साथै, बोर्डमा प्रयोग भइरहेको र भविष्यमा प्रयोग हुने विभिन्न प्रणालीहरूको व्यवस्थापन गर्न पनि आफ्नै डाटा सेन्टर स्थापना गर्न लागेको बोर्डले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । बोर्डले धितोपत्रको दोस्रो बजार कारोबारको भुक्तानी सुनिश्चितताका लागि राफसाफ सुनिश्चितता कोष प्रभावकारीरूपमा सञ्चालन गर्न आवश्यक सहजीकरण गर्ने पनि नीति तथा कार्यक्रममार्फत घोषणा गरेको छ ।

बोर्डबाट सम्पादन गरिने कार्यलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाई छिटोछरितो सेवा प्रवाह गर्न ‘इन्टरप्राइस रिसोर्स प्लानिङ’ सम्बन्धमा अध्ययन गर्ने बोर्डको नीति तथा कार्यक्रममा उल्लेख छ।

धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा हुने सूचना तथा विवरण प्रवाहको सहज एवं सुदृढ व्यवस्था गर्न हाल प्रयोगमा रहेको विद्युतीय विवरण प्रवाह तथा प्राप्ति प्रणालीलाई अझ सुदृढ एवं प्रभावकारी बनाउन बोर्डको रिपोर्टिङ ढाँचालाई प्रणालीमा समावेश गरी लागू गर्ने बोर्डले जानकारी दिएको छ।

Published Date: 30 July 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु