मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध

मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध : Icon Khabar

मुग्लिन, साउन १४ । मुग्लिन–नारायणगढ सडकखण्डमा आइतबार बिहानदेखि पुनः अवरुद्ध भएको छ ।

आज बिहान करिव ९ बजेदेखि उक्त सडक खण्डको कालीखोलामा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं–६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो ।

पहिरोका कारण यो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् । पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भैरहेको छ । यो वर्ष मात्र पहिरोका कारण उक्त सडकखण्ड धेरै पटक अवरुद्ध भैसकेको छ ।

Published Date: 30 July 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग