आइतबार सुनचाँदीको भाउ महंगियाे

आइतबार सुनचाँदीको भाउ महंगियाे : Icon Khabar

काठमाडौं, साउन १४ । आइतबार सुनचाँदीको भाउ महंगिएको छ । साउन १४ गते, सुन तोलामा ३०० रुपैयाँले बढेको छ । चाँदी पनि आज प्रतितोला पाँच रुपैयाँले उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ९०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार भने सुनको भाउमा गिरावट देखिएको थियो । त्यस दिन सुन तोलामा ९०० रुपैयाँले सस्तो भएर प्रतितोला एक लाख १२ हजार ६०० रुपैयाँमा झरेको थियो ।

साताको पहिलो दिन, चाँदीको मूल्य वृद्धि भएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले महंगिदा प्रतितोला एक हजार ४५५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन, चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेको थियो । त्यस दिन चाँदी प्रतितोला एक हजार ४५० रुपैयाँमा किनबेच भएको थियो ।

Published Date: 30 July 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग