आइतबार सुनचाँदीको भाउ महंगियाे

आइतबार सुनचाँदीको भाउ महंगियाे : Icon Khabar

काठमाडौं, साउन १४ । आइतबार सुनचाँदीको भाउ महंगिएको छ । साउन १४ गते, सुन तोलामा ३०० रुपैयाँले बढेको छ । चाँदी पनि आज प्रतितोला पाँच रुपैयाँले उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ९०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार भने सुनको भाउमा गिरावट देखिएको थियो । त्यस दिन सुन तोलामा ९०० रुपैयाँले सस्तो भएर प्रतितोला एक लाख १२ हजार ६०० रुपैयाँमा झरेको थियो ।

साताको पहिलो दिन, चाँदीको मूल्य वृद्धि भएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले महंगिदा प्रतितोला एक हजार ४५५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन, चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेको थियो । त्यस दिन चाँदी प्रतितोला एक हजार ४५० रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 July 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न