१०० किलाे सुन तस्करी प्रकरणमा संलग्न टाेखाकाे कारखाना र होटल भियनामा छापा, एक जना पक्राउ

१०० किलाे सुन तस्करी प्रकरणमा संलग्न टाेखाकाे कारखाना र होटल भियनामा छापा, एक जना पक्राउ : Icon Khabar

काठमाडौं, साउन १४ । त्रिभ्रवन विमानस्थलकाे भन्सार भएर सिनामंगलबाट बरामद भएकाे १०० किलाे सुन तस्करी प्रकरणमा राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा हानेकाे छ ।

सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि विभागको एक टोलीले उक्त होटलबाट नेपाली मुलका एक बेल्जियमका नागरिकलाई पक्राउ गरेको छ । साे होटलका संचालक दावा छिरिङलाई नियन्त्रणमा लिइएकाे हाे । उक्त होटल छिरिङकी श्रीमतीको नाममा रहेकाे जनाइएकाे छ। आइतबार विभागको टोलीले भियनाबाट केही कागजपत्र तथा सामग्रीहरु समेत बरामद गरेको छ ।

हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग जोडिएको पाइएपछि विभागले होटल भियनामा छापा हानेको हो ।

यसैगरी,शनिबार राति राजश्व अनुसन्धानकाे टाेलीले काठमाडाैंकाे टोखाकाे एक कारखानामा पनि छापा मारेको थियाे । उक्त फ्याक्ट्रिमा सुन गाल्ने र रि-फ्रेम गरी सुनकाे ढिक्कामा परिणत गर्ने गरिएकाे थियाे ।

त्यहाँबाट विभागको टोलीले आगो बाल्नका लागि राखिएका काठका धुलोका बोराहरु, सुन गाल्न प्रयोग हुने मेसिन, एसिडका बट्टाहरु, गालेको सुन समात्ने तथा राख्ने ह्याण्डलहरु फेला पारेकाे छ । उक्त घर शनिबार राती नै शिल गरिएकाे थियाे ।

हालसम्म सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एजेन्ट, कर्मचारी र केहि तस्सकर गरी कुल १८ जनालाई नियन्त्रणमा लिइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 July 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न