रियल म्याड्रिडमाथि बार्सिलोनाको जित

रियल म्याड्रिडमाथि बार्सिलोनाको जित : Icon Khabar

काठमाडौं, साउन १४ । प्रि सिजनको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले चिर परिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई हराएको छ ।

अमेरिकामा सम्पन्न खेलमा बार्सिलोनाका लागि ओस्मान डेम्बेले, फेर्मिन लोपेज र फेरान टोरेसले १-१ गोल गरे । रियल भिनीसियस जुनिअरको पेनाल्टी क्रसबारमा लाग्दा बराबरी गर्ने अवसर चुकेको थियो । समग्रमा रियलको ५ प्रहारमा पोस्ट बाधक बन्यो ।

खेलको १५ औं मिनेटमा डेम्बेलेले बार्सिलोनालाई अग्रता दिलाएका थिए । पेड्रीले पेनाल्टी क्षेत्र भित्र उपलब्ध गराएको उत्कृष्ट पासलाई उनले फिनिस गरे ।

रियलले त्यसको ५ मिनेटपछि नै खेल बराबरी गर्ने अवसर पाएको थियो । तर भिनीसियस जुनिअरको शक्तिशाली पेनाल्टी क्रसबारमा लगेर फर्कियो । लगत्तै रियलका रोड्रीगोको फ्रिकिकलाई गोलरक्षक मार्क आन्दर टेर स्टेगनले विफल पारे ।

रियल म्याड्रिडको लगातार प्रहार पोस्ट र क्रसबारमा लाग्दा खेल १-० कै स्थितिमा कायम रहेको थियो । ८५ औं मिनेटमा लोपेजले बार्सिलोनाको अग्रता दोब्बर पारे । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार सिधै गोल भएको थियो ।

८७ औं मिनेटमा भिनीसियसको अर्को प्रहार पोस्टमा लाग्दा रियल खेलमा फर्कन सकेन । इन्ज्युरी समयमा फेरान टोरेसले गोलरक्षकको गल्तीको फाइदा उठाउँदै जित पक्का गरे ।

Published Date: 30 July 2023






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न