रियल म्याड्रिडमाथि बार्सिलोनाको जित

रियल म्याड्रिडमाथि बार्सिलोनाको जित : Icon Khabar

काठमाडौं, साउन १४ । प्रि सिजनको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले चिर परिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई हराएको छ ।

अमेरिकामा सम्पन्न खेलमा बार्सिलोनाका लागि ओस्मान डेम्बेले, फेर्मिन लोपेज र फेरान टोरेसले १-१ गोल गरे । रियल भिनीसियस जुनिअरको पेनाल्टी क्रसबारमा लाग्दा बराबरी गर्ने अवसर चुकेको थियो । समग्रमा रियलको ५ प्रहारमा पोस्ट बाधक बन्यो ।

खेलको १५ औं मिनेटमा डेम्बेलेले बार्सिलोनालाई अग्रता दिलाएका थिए । पेड्रीले पेनाल्टी क्षेत्र भित्र उपलब्ध गराएको उत्कृष्ट पासलाई उनले फिनिस गरे ।

रियलले त्यसको ५ मिनेटपछि नै खेल बराबरी गर्ने अवसर पाएको थियो । तर भिनीसियस जुनिअरको शक्तिशाली पेनाल्टी क्रसबारमा लगेर फर्कियो । लगत्तै रियलका रोड्रीगोको फ्रिकिकलाई गोलरक्षक मार्क आन्दर टेर स्टेगनले विफल पारे ।

रियल म्याड्रिडको लगातार प्रहार पोस्ट र क्रसबारमा लाग्दा खेल १-० कै स्थितिमा कायम रहेको थियो । ८५ औं मिनेटमा लोपेजले बार्सिलोनाको अग्रता दोब्बर पारे । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार सिधै गोल भएको थियो ।

८७ औं मिनेटमा भिनीसियसको अर्को प्रहार पोस्टमा लाग्दा रियल खेलमा फर्कन सकेन । इन्ज्युरी समयमा फेरान टोरेसले गोलरक्षकको गल्तीको फाइदा उठाउँदै जित पक्का गरे ।

Published Date: 30 July 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक