जुनियर भारोत्तोलन खेलाडी भारत जाँदै

जुनियर भारोत्तोलन खेलाडी भारत जाँदै : Icon Khabar

काठमाडौं, साउन १२ । एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली भारोत्तोलन टोली आइतबार भारतको नयाँ दिल्लीस्थित नोयडा प्रस्थान गर्ने भएको छ ।

जुलाई २६ तारिखदेखि सुरु भएको प्रतियोगितामा २ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । ७३ केजीमा हेमन्त पाल तथा ९६ केजीमा सञ्जय यादवले प्रतिस्पर्धा गर्ने छन् । हेमन्तले अगष्ट १ तथा सञ्जयले अगष्ट २ तारिखमा खेल्ने छन् । दुवैको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

प्रशिक्षकमा सञ्जय महर्जन तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र सचिव रामजीबहादुर श्रेष्ठ तथा नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 July 2023
Website | + posts




ताजा
रियल म्याड्रिडद्वारा बार्सिलोना २–१ ले पराजित
आमादब्लम हिमाल आरोण गर फर्किने क्रममा घाइते भएका आरोहिको मृत्यु
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने