थप ७ नयाँ ब्रोकरले पाए नेप्सेबाट कारोबार सदस्यता

थप ७ नयाँ ब्रोकरले पाए नेप्सेबाट कारोबार सदस्यता : Icon Khabar

काठमाडौं, साउन १२ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप ७ वटा नयाँ ब्रोकरलाई कारोबार सदस्यता दिएको छ । नेप्सेले शुक्रबार कारोबार सदस्यतासँगै ब्रोकर नम्बर पनि दिएको हो । योसँगै कारोबार सदस्यता पाउने नयाँ ब्रोकरको संख्या १४ पुगेको छ ।

यसअघि नयाँ ७ वटा ब्रोकरले नेप्सेबाट कारोबार सदस्यता पाएका थिए । पहिलो चरणमा कारोबार सदस्यता पाएका ७ वटा ब्रोकर कम्पनीले कारोबार सञ्चालन गरिसकेका छन् ।

कारोबार सदस्यता पाउने नयाँ ब्रोकर कम्पनीहरु एलिट स्टक हाउसले ब्रोकर नम्बर ६८ , इन्डेक्स सेक्युरिटिज ब्रोकर नम्बर ६९ भने इन्फिनिटी सेक्युरिटिजले ब्रोकर नम्बर ७० प्राप्त गरेको छ । यता, शुभकामना सेक्युरिटिजले ब्रोकर नम्बर ७१ पाएको छ भने हातेमालो फाइनान्सियल सर्भिसेसलाई ब्रोकर नम्बर ७२ दिइएको छ । कलश सेक्युरिटिजले ब्रोकर नम्बर ७४ प्राप्त गरेको छ भने ब्रोकर नम्बर ७३ पाउनेमा मनि वल्र्ड सेयर एक्सचेन्ज रहेको छ ।

Published Date: 28 July 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर