थप ७ नयाँ ब्रोकरले पाए नेप्सेबाट कारोबार सदस्यता

थप ७ नयाँ ब्रोकरले पाए नेप्सेबाट कारोबार सदस्यता : Icon Khabar

काठमाडौं, साउन १२ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप ७ वटा नयाँ ब्रोकरलाई कारोबार सदस्यता दिएको छ । नेप्सेले शुक्रबार कारोबार सदस्यतासँगै ब्रोकर नम्बर पनि दिएको हो । योसँगै कारोबार सदस्यता पाउने नयाँ ब्रोकरको संख्या १४ पुगेको छ ।

यसअघि नयाँ ७ वटा ब्रोकरले नेप्सेबाट कारोबार सदस्यता पाएका थिए । पहिलो चरणमा कारोबार सदस्यता पाएका ७ वटा ब्रोकर कम्पनीले कारोबार सञ्चालन गरिसकेका छन् ।

कारोबार सदस्यता पाउने नयाँ ब्रोकर कम्पनीहरु एलिट स्टक हाउसले ब्रोकर नम्बर ६८ , इन्डेक्स सेक्युरिटिज ब्रोकर नम्बर ६९ भने इन्फिनिटी सेक्युरिटिजले ब्रोकर नम्बर ७० प्राप्त गरेको छ । यता, शुभकामना सेक्युरिटिजले ब्रोकर नम्बर ७१ पाएको छ भने हातेमालो फाइनान्सियल सर्भिसेसलाई ब्रोकर नम्बर ७२ दिइएको छ । कलश सेक्युरिटिजले ब्रोकर नम्बर ७४ प्राप्त गरेको छ भने ब्रोकर नम्बर ७३ पाउनेमा मनि वल्र्ड सेयर एक्सचेन्ज रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 July 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान








ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट