सुनको मूल्य निरन्तर उकालो लाग्दै, बिहिबार प्रतितोला ८०० रुपैयाँले बढ्यो

सुनको मूल्य निरन्तर उकालो लाग्दै, बिहिबार प्रतितोला ८०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, साउन ११ । सुनको भाउ लगातार ३ दिन बढेको छ । यो ३ दिनमा सुनको भाउ १५ सय रुपैयाँले बढ्न पुगेको छ । जसमा मंगलबार, बुधबार सुनको भाउ क्रमशः २०० र ५०० रुपैयाँले बढेको थियो । त्यसैगरी आज ८०० रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख १३ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बुधबार छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १२ हजार १५० रुपैयाँ निर्धारण भएको थियो । बिहीबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर तोलाको १४ सय ९० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १४ सय ६५ रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 July 2023
Website | + posts










ताजा
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
अब अमेरिका भ्रमण गर्न चाहने व्यक्तिले २५० अमेरिकी डलर भिसा इन्टेग्रिटी शुल्क तिर्नुपर्ने
ह्वावे पुनः चीनको स्मार्टफोन बजारमा शीर्ष स्थानमा










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट