भक्तपुरबाट दुई जना लागू औषधसहित पक्राउ

भक्तपुरबाट दुई जना लागू औषधसहित पक्राउ : Icon Khabar

काठमाडौं, साउन ११ । भक्तपुरबाट दुई जना लागू औषधसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका वडा नं. ७ घर भई हाल भक्तपुर नगरपालिका वडा नं. ५ आदर्श बस्ने २२ वर्षीय समिर आलम र सुनसरी घर भई हाल भक्तपुर नगरपालिका वडा नं. ५ भेलुखेल बस्ने १९ वर्षीय अर्जुन परियार रहेका छन् ।

उनीहरुको साथबाट डाइजेपाम, फेनारगन र नोरफिन आठ/आठ थान तथा पाँच थान सिरिन्ज बरामद भएको सूचना अधिकारी बसन्त पाठकले जानकारी दिए ।

बुधबार बेलुका साढे ६ बजे प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरी टोलीले हनुमानघाटमा चेकिङ गर्ने क्रममा उनीहरुलाई लागू औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Published Date: 27 July 2023


ताजा
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड