भक्तपुरबाट दुई जना लागू औषधसहित पक्राउ

भक्तपुरबाट दुई जना लागू औषधसहित पक्राउ : Icon Khabar

काठमाडौं, साउन ११ । भक्तपुरबाट दुई जना लागू औषधसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका वडा नं. ७ घर भई हाल भक्तपुर नगरपालिका वडा नं. ५ आदर्श बस्ने २२ वर्षीय समिर आलम र सुनसरी घर भई हाल भक्तपुर नगरपालिका वडा नं. ५ भेलुखेल बस्ने १९ वर्षीय अर्जुन परियार रहेका छन् ।

उनीहरुको साथबाट डाइजेपाम, फेनारगन र नोरफिन आठ/आठ थान तथा पाँच थान सिरिन्ज बरामद भएको सूचना अधिकारी बसन्त पाठकले जानकारी दिए ।

बुधबार बेलुका साढे ६ बजे प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरी टोलीले हनुमानघाटमा चेकिङ गर्ने क्रममा उनीहरुलाई लागू औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 July 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने