एनएमबि बैंक लुटपाट गर्ने एक भारतीय नागरिक पक्राउ

एनएमबि बैंक लुटपाट गर्ने एक भारतीय नागरिक पक्राउ : Icon Khabar

जलेश्वर, साउन ११ । बैंक डकैतीमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

उनी बिहारका २० वर्षीय अजय कुमार साफी हुन्। उनी गत जेठ १६ गते महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंक लुटपाट गरी १५ लाख रुपैयाँ लुट्ने समूहमा रहेको आरोप छ ।

उनलाई बुधबार साँझ मटिहानी–८ स्थित नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

चोरीको मोटरसाइकलमा आएका चारदेखि पाँच जनाको मुखौटे गिरोहले बैंकका कर्मचारी र ग्राहकलाई बन्धक बनाएर बैंक लुटपाट गरेको हो । अपराध भएको दिनदेखि प्रहरीले मानव नेपाल प्रहरी विशेष निकाय, अन्तरराष्ट्रिय समन्वय र प्रविधिको सहयोगमा गिरोहको खोजी गरिरहेको छ ।

साथै प्रहरीले अपराधमा संलग्न अन्य अभियुक्तहरुको पहिचान गरी उनीहरुको पनि तिब्र खोजी गरिरहेको छ । उनीहरुलाई छिट्टै पक्राउ गर्ने प्रहरीको अपेक्षा रहेको प्रहरी निरीक्षक प्रकाश मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 July 2023
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने