एनएमबि बैंक लुटपाट गर्ने एक भारतीय नागरिक पक्राउ

एनएमबि बैंक लुटपाट गर्ने एक भारतीय नागरिक पक्राउ : Icon Khabar

जलेश्वर, साउन ११ । बैंक डकैतीमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

उनी बिहारका २० वर्षीय अजय कुमार साफी हुन्। उनी गत जेठ १६ गते महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंक लुटपाट गरी १५ लाख रुपैयाँ लुट्ने समूहमा रहेको आरोप छ ।

उनलाई बुधबार साँझ मटिहानी–८ स्थित नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

चोरीको मोटरसाइकलमा आएका चारदेखि पाँच जनाको मुखौटे गिरोहले बैंकका कर्मचारी र ग्राहकलाई बन्धक बनाएर बैंक लुटपाट गरेको हो । अपराध भएको दिनदेखि प्रहरीले मानव नेपाल प्रहरी विशेष निकाय, अन्तरराष्ट्रिय समन्वय र प्रविधिको सहयोगमा गिरोहको खोजी गरिरहेको छ ।

साथै प्रहरीले अपराधमा संलग्न अन्य अभियुक्तहरुको पहिचान गरी उनीहरुको पनि तिब्र खोजी गरिरहेको छ । उनीहरुलाई छिट्टै पक्राउ गर्ने प्रहरीको अपेक्षा रहेको प्रहरी निरीक्षक प्रकाश मल्लले बताए ।

Published Date: 27 July 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग