बजेट समयमै कार्यान्वयन गर्न सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

बजेट समयमै कार्यान्वयन गर्न सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन : Icon Khabar

काठमाडौं, साउन ११ । अर्थमन्त्री डा प्रकाशशरण महतले चालु बजेटलाई ढिलाइ नगरी कार्यान्वयन गर्न सरकारका सचिवहरूलाई निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयले बुधबार यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री महतले असार मसान्तबाट कार्यान्वयनमा आएको बजेट कार्यान्वयनमा जोड दिन सचिवहरुलाई आग्रह गरे ।

उनले भने, “विस्तृत परियोजना प्रतिवेदनसहित आयोजनाको बोलपत्र प्रक्रिया अगाडि बढाउनुपर्छ। आयोजनाको ठेक्का नोभेम्बरभित्रमा हुनुपर्नेछ।”

उनले एक महिनाभित्र प्राप्त सबै रसिद अर्थ मन्त्रालयले १५ दिनभित्र बुझाउने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री महतले स्रोत आश्वासनबिना आयोजना अगाडि नबढाउन सचिवहरुलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 July 2023
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने