टोखा नगरपालिकामा सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका भौतिक संरचना भत्काइयो

टोखा नगरपालिकामा सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका भौतिक संरचना भत्काइयो : Icon Khabar

काठमाडौं, साउन ११ । काठमाडौंको टोखा नगरपालिकामा सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका भौतिक संरचना स्थानीय तहले भत्काएका छन् ।

स्थानीय सरकारले सार्वजनिक स्थलमा बनेका अवैध संरचना भत्काउन अभियान थालेको छ ।

मेयर प्रकाश अधिकारीले स्थानीय सरकारले यसअघि पनि पटकपटक सार्वजनिक सूचना जारी गरी सार्वजनिक जग्गा अतिक्रमणमा संलग्न व्यक्तिसँग स्वेच्छिक रूपमा अवैध संरचना हटाउन आग्रह गरी अन्तरक्रिया गरेको बताए । “सहयोगका लागि हाम्रो आह्वान सुनुवाइ नभएकाले हामी संरचनाहरू बुलडोज गर्न बाध्य छौं।”

मेयर अधिकारीले सार्वजनिक जग्गा सरकारी संरक्षणमा हुनुपर्ने र व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्न नहुनेमा जोड दिए ।

Published Date: 27 July 2023
Website | + posts




















ताजा
उर्वरभूमि कृषि सहकारीद्वारा १५० सदस्यलाई १५ हजार काउलीका बेर्ना निःशुल्क वितरण
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?