मुग्लिङ नारायणगढ सडक अवरुद्ध

मुग्लिङ नारायणगढ सडक अवरुद्ध : Icon Khabar
फाइल तस्बिर

चितवन, साउन ९ । चितवनको मुग्लिङ नारायणगढ सडक खण्ड अन्तर्गत कालिखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

कालिखोला र यसको नजिकको विभिन्न स्थानमा साना ठुला पहिरो आएर राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बिहान ७ बजेबाट अवरुद्ध सडक खुलाउने प्रयास भइराखेको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ ।

पानी परिराखेकाले परिहो पन्छाउन कठिन भएको छ । बाटो अवरुद्ध भएपछि सवारी साधन रोकिएका छन् ।

Published Date: 25 July 2023
ताजा
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
बुधवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
हालका लागि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत समता कर लागु नगर्ने प्रधानमन्त्रीको घोषणा
मंगलबार नेप्से परिसूचक ७.२५ अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय