सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकाले ठूलो परिमाणमा सुन बरामद: अर्थमन्त्री डा महत

सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकाले ठूलो परिमाणमा सुन बरामद: अर्थमन्त्री डा महत : Icon Khabar

काठमाडौं, साउन ८ । अर्थमन्त्री डा प्रकाशशरण महतले नयाँ बजेटमा सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकाले ठूलो परिमाणमा सुन बरामद भएको दाबी गरेका छन् ।

रुपन्देहीमा आयोजित एक कार्यक्रममा एक सय केजी सुन तस्करी प्रकरणबारे बोल्दै अर्थमन्त्री महतले बजेटमा सूचना दिनेलाई पुरस्कार दिने घोषणा गरेकाले १०० किलो सुन सफलतापूर्वक बरामद भएको दाबी गरे ।

‘पहिले सूचना दिनेलाई पुरस्कृत गर्ने व्यवस्था हटाइएको थियो, तर यसपटक भन्सार कार्यालयमा हुने अनियमितता हटाउन बजेटमा सूचना दिनेलाई पुरस्कृत गर्ने प्रस्ताव राखिएको छ, त्यसैले सुन बरामद गरिएको हो,’ अर्थमन्त्री महतले भने । उनले सुन तस्करी घटनाको जरासम्म पुगेर सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कारबाही गरिने बताए ।

नेपाली कांग्रेसका नेता तथा सांसद डा सुनिल शर्माले सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको सम्बन्धमा पत्रकारले सोधेको प्रश्नको जवाफमा महतले शर्माले आफ्नो अस्पतालको स्वास्थ्य बीमाको रकम नपाएको भन्दै झुटो बोलेको आरोप लगाए ।

उनले अनियमितता, भ्रष्टाचार र गैरकानूनी गतिविधिको अन्त्य गरी सुशासन स्थापना गर्न सरकार कटिबद्ध रहेको र राज्यका हरेक अंगले दृढताका साथ काम गरिरहेको बताए ।

Published Date: 24 July 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी