काठमाडौं, साउन ७ । अभिनेता प्रमोद अग्रहरी, रिस्ता बस्नेत तथा सोहित मानन्धरको मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘अदृष्य’ सस्पेन्स– थ्रिलर शैलीको ट्रेलर सार्वजनिक भएको छ ।
फिल्मको सवा दुई मिनेट लामो ट्रेलरमा पछिल्लो समय देशमा भैरहेका हत्या, हिंसा र बलात्कारजस्ता अपराधको कथालाई चित्रण गरिएको छ ।फिल्मको ट्रेलरले सत्ता र शक्तिको आडमा कसरी अपराधीले कसरी सजिलै कानूनको गलत प्रयोग गर्छ भन्ने देखाइएको छ ।
प्रल्हाद काफ्लेको डेब्यू निर्देशनमा निर्माण भएको यो फिल्ममा मीना बस्नेत र उमारुद्रा काफ्लेको लगानी रहेको छ । रविन अधिकारी र रिकेश खत्री फिल्मका सह–निर्माता हुन् ।
पिताम्बर फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा प्रमोद, रिस्ता तथा सोहितसहित प्रविण खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्वज, विकेश प्रजापती, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको अभिनय रहेको छ ।
राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको फिल्मका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलिप पन्त हुन् । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ । उक्त चलचित्र यहि साउन १९ गते रिलिज हुँदैछ।