६१औं इन्जिनियर दिवस २०८० को अवसरमा गोर्खा इको प्यानल सम्मानित

६१औं इन्जिनियर दिवस २०८० को अवसरमा गोर्खा इको प्यानल सम्मानित : Icon Khabar

काठमाडौं, साउन ५ । ६१औं इन्जिनियर दिवस २०८० को अवसरमा इन्जिनियरिङ एसोसिएसन अफ नेपाल, कोशी प्रदेश विराटनगरले बिहिबार गरेको एक समारोहमा गोर्खा इको प्यानल सम्मानित भएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाद्वारा गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर सुरेश कवांलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो। स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग गरिने आधुनिक निर्माण सामाग्री उत्पादन गर्दै आएको गोर्खा इको प्यालललाई सम्मान गरिएको हो।

भक्तपुर जिल्लाको राधेराधेमा कर्पाेरेट अफिस भएको गोर्खा इको प्यालनका उत्पादनहरु नेपाल अधिराज्यभर लोकप्रिय छन्। स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग गरिने आधुनिक निर्माण सामाग्री उत्पादन, हलुका, भूकम्प प्रतिरोधी, वातावरणमैत्री, तीव्र निर्माण सम्भब हुनेलगायतका अनेक कारणले यो आधुनिक निर्माण सामाग्री देशैभरि लोकप्रिय भएको हो ।

गोर्खा इको प्यानल आइएसओ सर्टिफाइड निर्माण सामाग्री उत्पादन कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 July 2023
Website | + posts




ताजा
जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय
सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त
दुई दिनसम्म परेको अविरल वर्षाका कारण अहिलेसम्म ३९ जनाको मृत्यु
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने